हमर वाला सब से झक्कास बा”–आउँदै छ भोजपुरी गीत ‎

गढिमाइ खबर
385 पाठक संख्या

‎भोजपुरी सांगीतिक क्षेत्रमा चाँडै सार्वजनिक हुन लागेको नयाँ गीत “हमर वाला सब से झक्कास बा” एक मनोरञ्जनात्मक तथा आधुनिक शैलीको प्रस्तुति हो।

यस गीतमा कलाकार सद्दाम हुसेन र पबित्रा आचार्यको अभिनय रहेको छ भने गायनमा शिल्पी राज र उपेन्द्र पंडितको स्वर सुन्न पाइनेछ।

‎गीतको शब्द रचना केपी संगमले गरेका हुन्। कोरियोग्राफी नवीन नेपालीले सम्हालेका छन् भने छायांकन निखिल संतोषले गरेका छन्। ड्रोन दृश्य गजेन कुशवाहाले तयार पारेका छन्। गीतका निर्माता नूर आलम बादशाह हुन्।

‎यो गीतमा आधुनिक संगीत शैलीसँगै भोजपुरिया संस्कृतिको झल्को प्रस्तुत गरिएको छ। आकर्षक नृत्य, उत्कृष्ट छायांकन र सशक्त प्रस्तुति यसको मुख्य विशेषता रहनेछ। गीत चाँडै सार्वजनिक गरिने तयारीमा रहेको जानकारी दिइएको छ।

साझा गर्नुहोस्