कलैया : पत्रपत्रिका, अनलाई तथा अन्य मिडियाहरुका अनुगमन र नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपालको टोली बुधबार बारामा आईपुगेको छ ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र उप–प्रशासकीय अधिकृत राधेश्याम अधिकारीको सहितको टोली बारा आएको हो । टोलीले बारा जिल्लाबाट प्रकासन हुने पत्रपत्रिका,मिडिया हाउस, अन्य संचारमाध्यम र सम्बन्धी विभिन्न सरोकारवाला निकायहरुसंग भेटघाट तथा अनुगमन गरेको छ ।
टोलीले बुधबार बाराको सदरमुकाम कलैयाका पत्रपत्रिका, वितरण केन्द्रहरु,जिल्ला हुलाक कार्यालय, अन्य मिडिया हाउसको कार्यालयको अनुगमन गरेको छ ।
टोलीले बारा जिल्लाबाट प्रकाशित हुने स्थानीय दैनिक, राप्ताहिक, मासिक पत्रपत्रिकाको कार्यालयहरुको समेत अनुगमन गरेको छ। यसैविच जिल्ला हुलाक कार्यालयमा गएर पत्रपत्रिकाको अवस्था, विज्ञापन बोर्ड सूचना,अभिलेख,साप्ताहिक पत्रिका सम्बन्धी अनुगमन तथा निरीक्षण गरेको मुख्य अधिकृत भुसालले बताएका छन ।
सो अवसरमा बोल्दै मुख्य अधिकृत भुसालले अनुगमन क्रममा स्थानीय र सरोकारवालाहरु प्रतिकृया लिदा दैनिक पत्रिकाहरु केही देखिने गरेपनि साप्ताहिक पत्रिकाहरु नदेखिने र नभेटिने गरेको बताएका छन् ।
उनले अधिकांस पत्रिकाले प्रिन्टलाईनमा आफ्नो कार्यालयको ठेगाना उल्लेख नगरेको हुँदा तुरुन्त अर्को अंकदेखि उल्लेख गरेर मात्र प्रकाशन गर्न सुझाव दिए छन । विशेष गरि यो क्षेत्रका पत्रपत्रिकाहरुले कतिपय बिज्ञापन प्रकाशनमा गैरपेशागत आचारण गरेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजूरी धेरै पर्ने गरेकोले त्यसतर्फ प्रकाशक सम्पादकहरु गम्भीर बन्न मुख्य अधिकृत भुसालले आग्रह गरेका छन।
काउन्सिलको टोलीले अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय बाराका हुलाक अधिकृत दिपककुमार पटेल, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश सुवेदीसंग भेटघाट गरि छलफल समेत गरेको छ ।
यसैगरी अनुगमनका क्रममा टोलीले बुधबार कलैया स्थित साझेदारी दैनिक, संस्कार खबर, मिलन दैनिक लगायत पत्रपत्रिकाको कार्यालयहरुको अनुगमन तथा निरिक्षण समेत गरेको टोलीमा संलग्न राधेश्याम अधिकारीले बताएका छन ।









