कलैया सिटी जेसिजद्वारा लागुऔषध सचेतना कार्यक्रम

गढिमाइ खबर
40 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया,२६ कात्तिक । बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरस्थित पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रमसको आयोजना गरिएको छ।

कलैया सिटी जेसिजको जेसिज सप्ताह २०२५ अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । जसिज अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल मण्डलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको सामुदायिक प्रहरी शाखाका प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहले लागुऔषधको हानिकारक असर, कानूनी सजाय, सामाजिक परिणाम तथा रोकथामका उपायबारे जानकागरी गराएका थिए ।

कार्यक्रममा सहायका निरिक्षक साहले लागुऔषध सेवनको कारण मानसिक, सामाजिक र शैक्षिक जीवनमा आउने नकारात्मक प्रभावबारे सचेत गराउँदै भने, “लागुऔषध क्षणिक रमाइलो हो तर दीर्घकालीन विनाश ल्याउने विष हो, त्यसैले आफू र परिवारको भविष्य सोचेर यस्तो गलत बाटोमा कहिल्यै लाग्नु हुँदैन।” भनेका छन ।

यस्तै कार्यक्रममा सो कार्यक्रमका प्रमुख अतिथि एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल मण्डलले विद्यार्थीहरूलाई लागुऔषधजस्ता विकृतिबाट टाढा रहन र सकारात्मक सोचसहित अध्ययनमा ध्यान केन्द्रित गर्न आग्रह गरे। उनले थपे, “शिक्षा केवल किताबमा सीमित हुनु हुँदैन। विद्यार्थीले असल चरित्र, आत्मअनुशासन र नैतिक जीवन बोध गर्नुपर्छ।

यदि हामीले आत्मअनुशासन अपनायौँ भने कुनै पनि गलत प्रलोभनले हाम्रो मार्ग परिवर्तन गर्न सक्दैन।” मण्डलले अभिभावक र शिक्षकहरूलाई पनि विद्यार्थीहरूको व्यवहार र संगतमा निरन्तर निगरानी राख्न सुझाव दिएको सो कार्यक्रमका संयोजक सन्दीप यादवले जानकारी दिएका छन ।

साझा गर्नुहोस्