बाराका सोनल बने मधेस प्रदेशको चौथो मुख्यमन्त्री

गढिमाइ खबर
263 पाठक संख्या

जनकपुरधाम । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल नियुक्त भएका छन ।

सोनलाई प्रदेश सभाका ६ वटा दलहरुको सर्मथनमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन ।

तत्कालिन मुख्यमन्त्री सतीस सिंहले राजिनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले बुधबार ४ः०० सम्मका लागि नयाँ नेतृत्वका लागि दावी पेश गर्ने समयसीमा तोक्नु भएका

बुधाबार विहान कांग्रेस एमालेबाहेकको ६ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन ।

नव नियुक्त मुख्यमन्त्री बनेका सोनललाई आफ्नो दल लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो ।

संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पुर्‍याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । तर यता त्लकालिन मुख्यमन्त्रीसहित जनमका केही संसदहरुले ऐमाल, कांग्रेसको सर्मथनमा हस्ताक्षर गरेर भन्ने खबर आएपछि प्रदेश प्रमुखको कार्यालयमा युवाहरुको भिड लगोको थियो ।

चौथो मुख्यमन्त्री मुख्यमन्त्री नियुक्त मुख्यमन्त्री सोनल बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ खबाट निर्वाचित प्रदेश सांसद हुन ।

साझा गर्नुहोस्