बारामा अवैध कपडासहित मोटरसाइकल बरामद

गढिमाइ खबर
234 पाठक संख्या

कलैया । सशस्त्र प्रहरी बलले बारामा अवैध कपडासहित मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.क्वा.बाराबाट खटिएको मोवाईल टोलिले सोमबार बारा जिल्लाको फेटा गाउँपालिका -४ त्रिवेनि गाउंको बाँसको झ्याङमा लुकाई छिपाई राखेको अवस्थामा दुई थान मोटरसाइकलसहित कपडा ९५० मिटर, सुरूवाल कुर्ता १३८० मिटर बरामद गरेको हो ।

उक्त कपडाको अन्दाजि मुल्य रू १५ लाख १५ हजार ८ सय १० रुपैयाँ बराबरको रहेको छ ।

बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुम बहादुर केसीका अनुसार बरामद गरिएको अवैध सामानलाई आवश्यक कारवाहीका लागी विरगंज भन्सार कार्यालयमा बुझाईने छ ।

साझा गर्नुहोस्