आठ लाख बराबरको अवैध सामान प्रहरीद्वारा बरामद

गढिमाइ खबर
212 पाठक संख्या

कलैया : बाराको विभिन्न स्थानबाट करिब आठ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

पचरौता नगरपालिका–७ बेनौली बाट मोटरसाइकल सहित कम्प्युटर पार्टस् शुक्रबार बरामद गरेको हो। उक्त बरामद गरिएको सामानको मूल्य ६ लाख ३७ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले साझेदारी दैनिकलाई जानकारी दिएका छन्।

त्यस्तै बिश्रामपुर गाउँपालिका अन्तर्गत घोडासन, बलिरामपुर र मुसर्वा सीमा क्षेत्रबाट जुत्ता–चप्पल, तन्ना, लेडिज कुर्ता र ट्र्याक्टर पार्टस् बरामद गरिएको छ। उक्त सामानको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको एसपी के.सी.ले बताए ।

सिम्रौनगढ नगरपालिका–६ अमरपुरबाट करिब ३५ हजार रुपैयाँ मूल्य बराबरको मोबाइल टेम्पर ग्लास बरामद गरिएको छ । बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले जनाए।

साझा गर्नुहोस्