जिल्ला प्रशासन कार्यालय बाराद्वारा हातहतियार तथा खरखजाना बुझाउन आग्रह

गढिमाइ खबर
121 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया :जिल्ला प्रशासन कार्यालय बाराले हातहतियार तथा खर खजाना बुझाउन आग्रह गरेको छ।

बाराको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले आइतबार एक सार्वजनिक सूचना जारी गरी यस्तो आग्रह गरेका हुन्।

सूचनामा कानून बमोजिम लिनुपर्ने ईजाजत नलिई वा ईजाजत पत्र नविकरण नगराई वा ईजाजत प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले बारा जिल्ला भित्र कोही कसैले हातहतियार र खरखजाना राखेको भए सात दिन भित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन सूचनामा भनिएको छ।

आफूसँग रहेको हातहतियार तथा खरखजाना तोकिएको अवधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्ति उपर प्रचलित कानून बमोजिम कारवाही हुने समेत सो सूचनामा जनाइएको छ।

साझा गर्नुहोस्