बारामा एक सय पचास किलो गाँजा सहित चार पक्राउ

गढिमाइ खबर
78 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहा स्थित दुधौरा खोलाबाट बुधबार एक सय पचास किलो अबैध लागु औषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ चक्री टोल बस्ने ४२ बर्षिय बुद्ध घलान,सोही पालिका वडा नम्बर ८ बस्ने ३६ बर्षिय नन्दकिशोर सहनी,सोही वडा बस्ने २८ बर्षिय बिरबहादुर डम्बा र मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटी बस्ने २७ बर्षिय सोमलाल पाख्रीन रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितले जानकारी दिएका छन ।

उनीहरुको साथबाट एक सय पचास किलो अबैध लागु औषध गाँजा बरामद गरिएको छ ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरिक्षक प्रदिप प्रसाद पाण्डेयको कमाण्डमा खटिृएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साको संयुक्त रुपमा खटिएको टोलीले दुधौरा खोलामा टाउकोमा राखि रतनपुरबाट बकुलिया तर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई अबैध लागु औषध गाँजा सहित पक्राउ गरेको हो।

उनीहरुलाई अबैध लागु औषध गाँजा सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्