बारा प्रहरीले अबैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।
प्रहरीले एक बिगाहा १३ कठ्ठा खेतमा लगाएको अबैध गाँजा खेती फँडानी गरी नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएकोे प्रहरी टोलीले गाँजाको १५ हजार बोट फडानी गरी नष्ट गरेको हो ।
निजगढ नगरपालिका –११ रतनपुरमा २ कठ्ठा,सोही टोलमा १ कठ्ठा र वडा नं.१३ डम्मरपुरमा १ बिगाह १० कठ्ठा लगाएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी दधिराम न्यौपानेले बताएका छन् ।
प्रवक्ता न्यौपानेका अनुसार गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने छ ।









