जीतेन्द्र प्रसाद चौधरी/
बाराको कोल्हवी नगरपालिका– ७ धोधर्पामा रहेको एक सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
यहाँ मुख्य कार्यालय रहेको यूनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड धोधर्पाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा संस्थाका अध्यक्ष कपिलदेव चौधरीको अध्यक्षतामा सो सभा भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिका – ७ का वडा अध्यक्ष सलाउदीन अन्सारीले पानसमा बत्ती बाली कार्यक्रमको सद्घाटन गरे ।
वडा अध्यक्ष अंसारीले वडाको तर्फबाट संस्थालाई ५० हजार सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले छठी घाट निरको एलानी जग्गा यो सस्थाले माग गरेकोमा सबै राजनीतिक दल,गाउँका बुद्धिजीवी र सम्पूर्ण सरोकारवालाहरुसंग छलफल गरेर निर्णय गर्ने बताए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष नन्दकिशोर साहले आर्थिक वर्ष ७९ ÷८० मा एक करोड़ ३३ लाख ७६ हजार एक सय १२ रुपैयाँको कारोबार गरेको जानकारी दिएका थिए ।
संस्थाका अध्यक्ष कपिलदेव चौधरीले बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य जावेद अंसारी,श्री अनूप दीपनी माध्यमिक विधालय कोल्हवीका शिक्षक उमेश चौधरी,हरेकृष्ण चौधरी,चिन्तामणि चौधरी,शिवनारायण चौधरी,पूर्व वडा अध्यक्ष वीरेन्द्र प्रसाद चौधरी र लोकनाथ ओली लगायतकाले दिएका थिए ।
उक्त कार्यक्रममा वार्ड नम्बर ७ का पूर्व वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, कोल्हवी नगरपालिकाका सहकारी शाखा प्रमुख लोकनाथ ओली,समाजसेवी शिवनारायण,चिंतामणि चौधरी,जावेद अंसारी,वडा सदस्य धर्मेन्द्र चौधरी,उमेश चौधरी,रामपुकार चौधरी र आजाद हुसेन लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत य जचु चौधरी र संचालन आत्माराम चौधरीले गरे ।