पथलैयाबाट प्रहरीले भन्सार छलिका २८ लाख ५० हजार मुल्य बराबरको सामान सहित ट्रक नियन्त्रणमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 105
पढ्न लाग्ने समय : 1 मि.

सन्दिप प्रसाद यादब/

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैयाबाट प्रहरीले भन्सार छलिका २८ लाख ५० हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।

बिहिबार राती बिशेष सुचनाको आधारमा खटिएको प्रहरीले विरगंजबाट झापा तर्फ जादै गरेको ना.३.ख.१८३ नं.को ट्रकलाई रोकी चेक जाँच गर्दा उक्त मुल्य बराबरको मालसमान नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी सामान रहेको र तीनका स्रोत नखुलाउँन सक्दा सामानहरु नियन्त्रणमा लिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

बरामद खुद्रा सामानहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।