नेपाली कांग्रेसका नेता रमेश प्रसाद दङ्गालले बिद्यालयलाई विद्युतिय सामाग्रीहरु सहयोग गर्नु भएको छ ।
बारा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्यका प्रत्यासी समेत रहनु भएका नेता दङ्गालले निजगढ वडा नम्बर १२ को श्री मन्जुश्री आधारभूत बिद्यालयलाई सहयोग उपलब्ध गराउनु भएको हो ।
दङ्गालले १० थान सिलिङ पंखा,८ थान बल्ब सहित स्विच र तारहरु सहयोग गर्नु भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनमसिङ गोलेले बताउनु भयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले बिहिवार बिद्यालयमा उपस्थित भएर सो सामाग्रीहरु वितरण गर्नु भएको अध्यक्ष गोलेले बताउनु भयो । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै कांग्रेस सहमहामन्त्री चौधरीले बिद्यालयको भौतिक पुर्वाधार बिकासमा थप सहयोग गर्ने बताउनु भयो ।
गर्मिका कारण बिद्यार्थीहरुलाई बिद्यालय समयमा सहज ढंगले पठनपाठन गर्न समस्या भएपछी बिद्यार्थीहरुको सहजताको लागि पंखा वितरण गरेको कांग्रेसका नेता रमेश दङ्गालले बताउनु भयो । दङ्गालले यसअघि निजगढ वडा नम्बर १३ को भगवती आधारभुत बिद्यालयलाई पनि सो सामाग्री वितरण गर्नु भएको थियो ।