पर्साको जगरनाथपुर गाउपालिका वडा नम्बर १ पिडारी गाउको वडा कार्यालय परिसरमा शनिवार निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
दाइजो एवम समाजिक कुरिती विरुद जागरण मंच र वीरगंज कपडा बैंकको संयुक्त आयोजना तथा वडा कार्यालयको सहकार्य तथा दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न गरिएको हो ।
उक्त शिविरको उद्घाटन गाउँपालिका गापा उपाघ्यक्ष बबिता सिंहले गरेकी छिन । उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिमा वडा अघ्यक्ष लक्ष्मी साह तेली , वडा सचिव नन्दकिशोर गिरी,स्वास्थ्य चौकीका इन्चार्ज शत्रुघ्न साह,यूवा नेता सुरेन्द्र सिंह क्षेत्री,समाजसेवी सहरुम राउत गदी त्यस्तै अतिथि मा शाहिल अखÞ्तर,उमेश गिरी,मनोज साह तेली,सुनिल गिरी लगायतका स्थानीय गाउलेहरुको उपस्थिति रहेको थियो ।
शिविरमा १५९ जनाको चेकजाँच गरिएको थियो जसमा ५३ जना मोतिया बिन्दुका बिरामी भेटिका थिए । जसमा २३ जनालाई निःशूल्क ड्रप पनि दिइएको अस्पतालले जनाएको छ ।