बारामा २९ हजार २ सय ५१ जनालाई नागरिकता बितरण

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब/
बारामा गत आर्थिक बर्षमा २९ हजार २ सय ५१ जनालाई नयाँ नागरिकता बितरण गरिएको छ ।

२०७८ साल साउन देखि २०७९ असार सम्ममा जिल्ला प्रशासन कार्यालय बारा,ईलाका प्रशासन कार्यालय सिमरा,ईलाका प्रशासन कार्यालय सिम्रौनगढ र ईलाका प्रशासन कार्यालय कोल्हबीबाट २९ हजार २ सय ५१ जनालाई नागरिकता बितरण गरिएको हो ।

गत आर्थिक बर्षमा जिल्ला प्रशासन कार्यालय बाराले बंशज नागरिकता १७ हजार ९ सय ४२ जनालाई,बैवाहिक अङ्गीकृत १ हजार ७ सय ५९ जनालाई, अङ्गीकृत साँत जनालाई र जन्मसिद्ध नागरिकता ६ जनालाई बितरण गरेको हो ।

त्यस्तै ईलाका प्रशासन कार्यालय सिमराले बंशज नागरिकता ५ हजार ९ सय जनालाई र बैवाहिक अङ्गीकृत नागरिकता २ सय ३४ जनालाई बितरण गरेको छ ।

सिम्रौनगढ नगरपालिकाले बंशज नागरिकता ३ हजार १ सय १५ जनालाई र बैवाहिक अङ्गीकृत नागरिकता ५ सय ९३ जनालाई बितरण गरेको छ ।

कोल्हबी नगरपालिकाले बंशज नागरिकता २ हजार २ सय ९४ लाई र बैवाहिक अङ्गीकृत नागरिकता १५ जनालाई बितरण गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । बारामा १५ हजार ५३ वटा प्रतिलिपी नागरिकता बितरण गरिएको छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *