जीतपुरसिमरामा गठबन्धनबाट मेयरमा पौडेल र उपप्रमुखमा एमालेका अधिकारी बिजयी

गढीमाईखवर डट कम
68 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा साझा गठबन्धनको तर्फबाट प्रमुख (मेयर) पदमा उम्मेदवारी दिएका माओवादी केन्द्रका राजन पौडेल बिजयी भएका छन् ।

जीतपुरसिमरा उपमहानगरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले ९ सय ६४ मत बढी ल्याई बिजयी भएका छन् ।

प्रमुखका उम्मेदवार पौडेलले १८ हजार ७ सय ४३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिष्पर्धा सरस्वती चौधरीले १७ हजार ७ सय ७९ मत ल्याएकी छन् ।

पौडेलले एमालेकी चौधरीभन्दा ९ सय ६४ मत बढी ल्याएका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीलाई उछिन्दै एमालेका उम्मेदवार भोला अधिकारी १ हजार ६ सय ५० मत बढी ल्याई बिजयी भएका छन् ।

एमालेका उम्मेदवार अधिकारीले १७ हजार ४ सय ९२ मत ल्याएका छन् भने शाहीले १५ हजार ८ सय ४२ मत ल्याएकी छन् ।

२४ वटा वडा रहेको जीतपुर सिमरा उपमहानगरमा घोषित नतिजामा नेकपा एमाले १३, नेपाली काँग्रेस ५, नेकपा माओवादी केन्द्र ४, नेकपा एस र लोसपा एक/एक वडामा विजयी भएका छन् ।

साझा गर्नुहोस्