कलैया । बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ्ग जिल्लामा लागु औषध दुव्र्यवसन नियन्त्रण गर्न सक्रिय भएका छन्। उनले यस विरुद्ध ड्रप ड्रग्स अभियान नै शुरु गरेका हुन्।
जिल्लामा बढ्दै गएको लागू औषध दुव्र्यसनीलाई नियन्त्रणमा गर्न जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक तामाङ्गले शुरु गरेको यस अभियानले दुव्र्यवसनमा केही कमी आउने विश्वास सर्वसाधारणले गरेका छन ।
साउन महिनाको पहिलो सोमबारदेखि उक्त अभियान बारामा सुरु भएको हो। यस अभियान अन्तर्गत जिल्लाको विभिन्न स्थानबाट लागूऔषध सेवन गर्ने तथा दुब्र्यसनी १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइ कानुनी कार्वाही गर्ने प्रहरी उपरीक्षक तामाङ्गले बताए । यो अभियान अन्र्तगत लागु औषध नियन्त्रण तथा रोकथाम गर्न कार्ययोना नै तयार गरेर काम गर्न लागे बताईएको छ ।
अभियान अन्र्तगत गाँजा खेती तथा उत्पादन गर्ने ईलाकाको पहिचान गरी खेती तथा उत्पादन नष्ट गर्ने,अवैध खेतीलाई निरुत्साहित गर्न स्थानीय पालिकासंग समन्वय गरी चेतनामुलक जागरण गर्ने,स्थानीय सरकारसंग समन्वय गरी वैकल्पिक खेती लगायत अन्य आय आर्जनका कार्यक्रम लागू गर्ने,खुल्ला रुपमा हुने ओसार पसार तथा बिक्रि वितरण नियन्त्रण गर्ने उपरीक्षक तामाङ्गले बताए।
उनका अनुसार लागू औषध ओसार–पसार, बिक्रि वितरण हुने सक्ने सम्भावित स्थानहरुमा थप निगरानी बढाउने, सीमानाकाहरुमा १४ वटा प्रहरी पोष्ट स्थापना गरी २४ औ घण्टा जाँज गर्ने व्यवस्था मिलाउने, सीमानाकामा आवत जावत गर्ने, शंकास्पद व्यक्ति तथा सवारी साधनहरुलाई नियन्त्रणमा लिई जाँच गर्ने,सम्भावित स्थानहरुमा सादा पोसाकमा प्रहरी परिचालन गरी सूचना संकलन कार्यलाई थप प्रभावकारी बनाउने बताए ।
यसैगरी उक्त ड्रप ड्रग्स अभियान अन्तर्गत जिल्लाभरी कडाइ गरिने, प्रयोगविहीन शौचालय,जिर्ण अवस्थामा रहेका भवन,झाडिहरुमा बसेर लागू औषध सेवन गर्नेलाई नियन्त्रणमा लिने समेत योजना रहेको एसपी तामाङले बताए।
साथै लागु औषध ब्युरोबाट कीट मगाई लागु औषध सेवन गर्ने दुब्र्यसनीलाई किटबाट जाँच गर्ने उनले बताए। यस्तो अभियानले समाजलाई फाइदा हुने समाजसेवीहरु बताउँछन्।









