कांग्रेसको समानुपातिक सूची आयोगमा, क्लस्टरअनुसार २० जनाको नाम सिफारिस

गढिमाइ खबर
93 पाठक संख्या

श्यामबाबु यादव
बारा, १ चैत्र/

नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर सूची निर्वाचन आयोग (नेपाल)मा पेश गरेको छ। आइतबार बसेको कार्यसम्पादन समितिको बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले १५ महिला र ५ पुरुष गरी २० जनाको नाम आयोगमा पठाउने निर्णय भएको जानकारी दिए।

पार्टीले समानुपातिकतर्फ विभिन्न क्लस्टरअनुसार उम्मेदवारको सूची तयार गरेको छ।

खस आर्य क्लस्टर

पुरुषतर्फ अर्जुननरसिंह केसीकालीबहादुर सहकारीको नाम सिफारिस गरिएको छ।
महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेतीसीता थपलियाको नाम समावेश गरिएको छ।
यदि खस आर्य क्लस्टरबाट दुई पुरुष राख्न नमिल्ने अवस्था आएमा सोही क्लस्टरबाट गंगा शाहीलाई समावेश गर्ने विकल्प राखिएको स्रोतले जनाएको छ।

आदिवासी जनजाति क्लस्टर

महिलातर्फ गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङरेनुका काउचाको नाम निश्चित गरिएको छ।
पुरुषतर्फ भिष्मराज आङ्देम्बे र अपांगता समावेशी कोटाबाट मदनकृष्ण श्रेष्ठको नाम सिफारिस गरिएको छ।
यस क्लस्टरमा महिलाको संख्या अपुग भएमा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ)लाई अवसर दिने तयारी गरिएको छ।

थारु क्लस्टर

थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदारको नाम सिफारिस गरिएको छ।

दलित क्लस्टर

दलिततर्फ हरिनादेवी कामी, पवित्रा विकमनमाया विश्वकर्माको नाम सूचीमा परेको छ।

मधेशी क्लस्टर

महिलातर्फ निनुकुमारी कर्णरेखाकुमारी यादव रहेका छन्।
पुरुषतर्फ चन्द्रमोहन यादवको नाम सिफारिस गरिएको छ।

मुस्लिम क्लस्टर

मुस्लिम कोटाबाट शाहजान खातुनको नाम सूचीमा समावेश गरिएको छ।

कार्यसम्पादन समितिले तयार गरेको यो सूची अन्तिम स्वीकृतिका लागि निर्वाचन आयोगमा पेश गरिएको कांग्रेसले जनाएको छ।

साझा गर्नुहोस्