टाटासुमोले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु

गढिमाइ खबर
180 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका–२३ सिसहनिया चौकस्थित सडक खण्डमा आइतबार राति एक टाटासुमोले एक मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाईकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराठपुर निवासी ३४ वर्षीय उपेन्द्रराउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

टाटासुमोको ठक्करबाट उनको टाउको, हात र खुटृामा गम्भीर चोट लागेको थियो। उनलाई उपचारको लागि एल.एस. न्युरो अस्पताल परवानीपुरमा लगिएको थियो। उनको उपचारको क्रममा राति नै मृत्यु भएको हो ।

कलैयाबाट वीरगञ्जतर्फ गईरहेको बा ५९ प ४०५३ नम्बरको मोटरसाइकललाई वीरगञ्जबाट कलैया तर्फ आईरहेको ना १ ज १९४१ नम्बरको टाटा सुमोले ठक्कर दिदा सो दुर्घटना भएको हो ।

ठक्कर दिने टाटसुमो र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ। सुमो चालक फरार रहेको र उनको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ। यता मृतकका आफन्त र स्थानीयबासीले दोषी चालकलाई कारवाी गर्न माग गर्दै बैराठपुर चोकमा सोमबार टायरबाली प्रदर्शन समेत गरेका थिए ।

साझा गर्नुहोस्