अवैध सामान सहित दुई मिनि ट्रक बारा प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
29 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : बारा प्रहरीले अवैध सामान सहित दुई मिनि ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले अवैध सामान सहित ति ट्रकलाई नियन्त्रणमा लिएको हो।

गाडीहरूलाई रोकी जाँच गर्ने क्रममा बिल भरपाई भन्दा बढी र सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य रू. ३९ लाख ८४ हजार ७ सय ६० रूपैया बराबरको विभिन्न सामानहरू सहित २ वटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले आइतबार जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चौक स्थितमा खटिएको प्रहरी टोलीले विराटनगर बाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०१–०२–००१ ख ८०८६ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा सामान बरामद गरेको छ ।

सो ट्रकबाट लोड रहेको अन्दाजी मुल्य रु.३८ लाख १६ हजार ७ सय ६० रूपैयाँ बराबरको इलेक्ट्रिक सामान, कपडा, कफि लगायत अन्य खुद्रा सामानहरू बरामद गरिएको हो।

त्यस्तै प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलिले महागढीमाई नगरपालिका वडा नं.२ ईनर्वा चोक स्थितमा तेलकुवा बाट बरियारपुर तर्फ जादै गरेको ना ७ ख ३४३९ नम्बरको मिनि ट्रकमा लोड आलु बरामद गरेको छ ।सो मिनि ट्रकबाट अन्दाजी ७००० किलो आलु एक लाख अठसट्ठी हजार रूपैया बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त दुबै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।

साझा गर्नुहोस्