वीरगञ्जको सिटी मार्केटबाट पर्सा प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
किनमेलको क्रममा नेपाली नक्कली नोट दिएको बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
नेपाली नककली नोटसहित पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका–३ बस्ने २५ बर्षिय उमेश कुमार र वीरगञ्ज महानगरपालिका–३१ कोनिया बस्ने २४ बर्षिय ऋषिलाल पटेल रहेका छन ।
सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा नक्कली दिएको आरोपमा पक्राउ परेका दुबैजनाको साथबाट एक हजार दरका ३८ थान नेपाली नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
पक्राउ परेका दुबैजनालाई नोटसहित खोटा चलन सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको डिएसपी थापाले बताएका छन ।