राम मण्डल/
पर्सामा राष्ट्रिय जंगल र निकुञ्जको बनक्षेत्रसित जोडिएका ग्रामीण भेगका पालिकाहरुमा जँगली जनावरहरुले बालि नष्ट गर्न थालेको छ ।
जिल्लाको ग्रामीण भेगको उतरी क्षेत्रमा रहेका पालिकाहरुमा जंगलबाट आएका हात्ती, घोडगदहा लगायतका जनावरले किसानहरुले लगाएको बाली खाएर नष्ट गर्न थालेको छ ।जंगल र निकुञ्जबाट निस्केका जनावहरुले किसानले अहिले लगाएको धान बाली खाने र माडेर नष्ट गर्दै आएको छ ।
पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ रामभौरी भाठामा जँगलबाट निस्केको हात्तीले चार जना किसानहरुको धान नष्ट गरेको छ । हात्तीको बथानले कुखुरा फर्ममा पनि क्षति पु¥याएको छ ।
जंगली जनावरहरुले हरेक वर्ष जस्तै यसपालि पनि थुप्रै किसानहरुको बाली नाली खाएर माडेर नष्ट गरिसकेको पटेर्वा सुगौली गाउँपालिका ५ देउरियाका किसान अनिल राउतले साझेदारी दैनिकलाई जानकारी दिए ।
राष्ट्रिय बनसँगै सिमाना जोडिएको ग्रामीण भेगकै जिराभवानी गाउँपालिकाका किसानहरु पनि यस्तै समस्याले बर्षैदेखि पीडित रहेका छन ।राष्ट्रिय बन र निकुञ्जबाट बाट आउने हुलका ह्ल निलगाई,बँदेल लगायतले किसानहरुको बाली खाएर माडेर नष्ट पारिसकेको किसानहरु बताउँछन ।
जिराभवानी गाउँपालिका २ काठमाडौं टोलका किसान रामेश्वर साहका अनुसार किसानहरुको बाली जँगली जनावरहरुले नष्ट गर्दा पनि सम्बन्धित निकायले क्षतिपुर्ति नदिने गरेको गुनासो गरे ।
किसानहरुको बाली जंगली जनावरबाट बचाउनको लागि तारबार जडान गर्ने र बाली क्षति भएका किसानहरुको राहत गाउँपालिकाले ध्यान नदिने गरेको किसानहरुको भनाई रहेको छ ।