भगवान श्रीकृष्णको जन्मदिनका रुपमा मनाउदै आईरहेको श्रीकृष्ण जन्माष्टमी पर्ब बुधवार बारामा विभिन्न कार्यक्रमको आयोजान गरि मनाईएको छ ।
जिल्लाक विभिन्न स्थानहरुमा रहेका कृष्णमन्दिरहरुमा श्रद्धालुहरुले विहानदेखी नै पुजाआजा र दर्शन गरि भगवान श्रीकृष्णका भक्तिभजनहरु गाएर दिनभर पर्व मनाएका छन । जिल्लाका सिमरा, कलैया, कोल्हवी, निजगढमा रहेक श्रीकृष्ण प्रणामी मन्दिरहरुमा पनि बुधवार पुजाआजा, कथाबाचन, भजनकिर्तन र मध्यरातमा कृष्णाप्राकाट्या गरी पर्व मनाईएको स्थानीयहरुले बताएका छन ।
यसैगरी सोही पर्वको अवसरमा बुधवार नै ब्रह्माकुमारी ईश्वरीय बिश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र जीतपुर ,बाराको आयोजनामा श्रीकृष्ण जन्माष्टमी पर्ब मनाईएको छ । राजयोग प्रशिक्षण केन्द्रको सभाहलमा भएको कार्यक्रमको उद्घाटन बारा क्षेत्र नं.४(क)का प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै चौधरीले विश्वमा कृष्ण भगवान प्रति श्रद्धा बढेमा कुनै पनि नागरिकमा हिंसाको सोच नआउने भनाइ राख्नुभयो । हरेक मानिसले आफ्नो चित्त शान्ति गरी ईश्वरीय शक्तिमा समर्पित हुँदा सकारात्मक ऊर्जा प्राप्त हुनाका साथै मन स्थिर हुने र बानी व्यवहारमा परिवर्तन हुने सांसद चौधरीले दाबी गर्नुभयो ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा सांस्कृतिक कार्यक्रम, जन्माष्टमी पर्वको रहस्योदघाटन, रासलीला, प्रवचनलगायतका कार्यक्रम गरिएको थियो ।कार्यक्रममा शहिद स्मारक ईङ्गलीस बोडिङ्ग स्कुलका बिद्यार्थीहरुले कृष्ण लीलाका केही भागको अभिनय गरेर दर्शक समक्ष प्रस्तुत गरेका थिए ।जीतपुर प्रशिक्षण केन्द्रकी प्रमुख सञ्चालिका रेणु दिदीजीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृष्णको महिमाको बिषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा श्री नं.२८ का बाहिनीपती सानुकाजी थापा, ,साझेदारी बन उपभोक्ता महासंघका मधेश प्रदेस अध्यक्ष गणेशजी प्रसाद साह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी ,वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ता, बिभिन्न स्थानीय तहका जनप्रतिनिधि,नागरिक समाजका अगुवा गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार तथा स्थानीयको सहभागिता रहेको थियो।