नगरपालिकामा भ्रष्टचारलाई शून्यमा झार्ने ः नगरप्रमुख साह

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

कलैया उपमहानगरपालिकाको वडा नम्बर २४ मा मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख बिनोद साहले पालिकाको तर्फबाट सम्बोधन गर्नुभएको थियो । वडा नम्बर २४ अन्तरगतको नेरामावि मनहर्वा परिसरमा भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाहरुको वारेमा सम्बोधन गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख साहले नगरपालिकामा भ्रष्टचारलाई शून्य झार्ने र सुशासन कायम गर्ने बताएका छन । उनले शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधारका क्षेत्रमा विशेष रुपमा काम गरेर सक्षम र समुन्नत उपमहानगर बनाउ प्रतिबद्धता व्यक्त गरेका थिए ।

“सुशासन पारदर्शीता जवाफ देहिता कलैया उपमहानगरको प्रतिबद्धता” भन्ने साथ सूरु गरिएको उक्त सुनुवाई कार्यक्रममा एकीकृत समाजबादिका नेता ध्रुब यादव, नेपाली काँग्रेसका नेता रामनन्द प्रसाद यादवको विशेष उपस्थिति रहेको थियो ।

नगरप्रमुख साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रशासकीय अधिकृत नाथु साह,ईन्जिनियर माधव यादव,प्रशासन शाखा प्रमुख दिवाकर झा, वडा नम्बर २४ का वडा अध्यक्ष हिरालाल चौधरी,पुर्व वडा अध्यक्ष हरिलाल चौधरी लगायतकाले विषय क्षेत्रमा उठेका प्रश्नहरुको वारेमा सम्बोधन गरेका थिए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *