बारा प्रहरीले सौतेनी आमाको हत्या गर्ने छोरालाई पक्राउ गरेको छ ।
प्रहरीले बारा कलैया उमनपा वडा नम्बर ७ रंगपुर टोल बस्ने शिव नारायण यादवको छोरा वर्ष २५ को जय किशोर यादवलाई शुक्रावार पक्राउ गरेको हो ।
जयकिशोर यादवले आफ्नो सौतेनी आमा ततरी देवीलाई यही भदौ ३० गते साँझ घरमा बसी रहेको बेला सामान्य घरायसी विवाद हुँदा घाँटीको अगाडी भागबाट खुकुरी प्रहार गरेर हत्या गरि फरार भएका थिए ।
हत्यामा संलगन छोरा जयकिशोर यादव फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको खोजतलास टोलीले निजलाई पर्सा ईनर्वाबाट पक्राउ गरी ल्याई अनुसन्धान अगाडी बढाएको बारा प्रहरीले जनाएको ।
मृतक तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको देखिएको छ । प्रहरीले यसअघि मृतक तेतरीको श्रीमान शिवनारायण यादव समेतलाई नियन्त्रण लिई बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताएका छन ।