सवारी दुर्घटनामा दुई जना घाइते,एक अवस्था चिन्ताजनक

गढिमाइ खबर
105 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

जीतपुर : पथलैया–वीरगञ्ज सडक खण्ड अन्तरगत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–०९ छातापिपरामा बिहीबार भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन ।

छातापिपरा स्थित शाह पेट्रोल पम्प अगाडि उक्त सवारी दुर्घटना भएको हो । दुई जना घाइते भएकोमा एक जनाको अवस्था चिन्ताजन रहेको छ । सिमराबाट वीरगञ्जतर्फ जाँदै गरेको बा १३ च ३३०६ नम्बरको पिकअपले बाटोको बायाँपट्टि रोकी राखिएको ना ३ ख ३३५३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा पिकअप चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ निवासी ४७ वर्षीय कृष्ण हरि दाहाल घाइते भएका छन्। उनको घाटी र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, पिकअपमा सवार वडा नं. १८ बस्ने ३५ वर्षीय श्यामलाल गोलेको हातको पाखुरा, टाउको र छातीमा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेको र बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ ।

दुर्घटनामा घाइते दुवै जनाको परवानीपुरस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक भने घटनापछि फरार रहेको र खोजतलासको कार्य भइरहेको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । हाल दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन्।

साझा गर्नुहोस्