गढीमाई संवाददाता/
साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको १६ औं बार्षिक साधारणसभा सोमबार मधुवनमा सम्पन्न भएको छ ।
करैयामाई गाउँपालिका वार्ड नम्बर १ को बधुवन स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड हरैयाको सभाहलमा भएको सधारणसभाको जिल्ला सहकारी संघ लिमिटेड बाराका अध्यक्ष उपेन्द्र जयसवालले सभाको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख प्रमुख अतिथी समेत रहनु भएको अध्यक्ष जयसवालले राज्यले सहकारीलाई उपेक्षा गरिरहेको बताएका छन ।
कार्यक्रममा बारा बचत तथा ऋण सहकारी संघ लिमिटेड बाराका अध्यक्ष सत्यन्द्र ठाकुरले जिल्ला सहकारी संघहरुलाई संचालनमा कठिनाई भैरहेको बताएका छन ।
यस्तै कार्यक्रममा प्रस्तावित साना किसान कृषि सहकारी संघ मधेश प्रदेशका पूर्व सचिव पुनदेव प्रसाद रौनियार ,सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा,साना किसान कृषि सहकारी संघ बाराका सचिव रामएकवाल प्रसाद चौधरी,साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष प्रदिपसिंह बराल,भोडहाका अध्यक्ष विन्दा सिंह, ईनर्वासिराकी अध्यक्ष संजिला खातुन लगायतको सहभागिता रहेको थियो ।
सभामा अध्यक्ष मिश्रीलाल सहनीको संस्थागत, लेखा समिति संयोजक रामलखन यादवको आन्तरिक लेखापरिक्षण र संघका प्रबन्धक नविन चौधरीले प्रस्तुत गर्नु भएको लेखापरिक्षण प्रतिवेदन सुझाव सहित पारित भएको छ ।
संघमा जिल्लाका १३० बढी प्रारम्भीक कृषि सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।
संघका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षता, उपाध्यक्ष नयनकला खड्काको स्वागत एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड ईनर्वासिराका मुख्य प्रबन्धक झपेन्द्रराज बरालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।









