सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमण हटाउन प्रसौनीको २१ दिने अल्टिमेटम

गढिमाइ खबर
29 पाठक संख्या

कलैया । सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन बाराको प्रसौनी गाउँपालिकाले बिहीबार २१ दिने सूचना जारी गरेको छ। सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले निर्धारित समयभित्र स्वेच्छाले अतिक्रमण हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवले यस्तो सूचना जारी गरेका हुन्। जारी सूचनामा नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत “शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची” अन्तर्गत बुँदा नं. ९२ कार्यान्वयनका लागि यो अभियान सञ्चालन गरिएको लेखिएको छ।

गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गा, सडक, नाला, ऐलानी, पर्ती, पार्क, गौचर, विद्यालय, सार्वजनिक पोखरी, मस्जिद, मोखतम, मदरसा, इदगाह, बजार क्षेत्र, मठमन्दिर, इनार तथा खुला क्षेत्र वरिपरि निर्माण गरिएका टहरा, घर, घेरा लगायतका संरचना हटाउन २१ दिने सूचनामा निर्देशन दिइएको छ।

तोकिएको अवधिभित्र अतिक्रमण हटाइएको नदेखिए गाउँपालिकाले स्वयं हटाउने छ। त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अतिक्रमणकर्ताबाट असुल गरिने चेतावनी समेत दिएको छ।

साझा गर्नुहोस्