बारामा विभिन्न मुद्दाका ११ फरार प्रतिवादी पक्राउ

गढिमाइ खबर
21 पाठक संख्या

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरी कारवाहीका क्रममा बारा जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीहरूलाई जिल्लाका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बारा जिल्ला अदालतमा बुझाइएको निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन्।

उनका अनुसार पक्राउ पर्नेहरूमा वन पैदावार हानिनोक्सानी, चेक अनादर, लेनदेन, कुटपिट अंगभंग तथा राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी रहेका छन्।

साझा गर्नुहोस्