पद ठूलो कि पार्टी ?

गढीमाईखवर डट कम
100 पाठक संख्या पढ्न लाग्न समय 9 मिनेट
पढ्न लाग्न समय 9 मिनेट

-डा.शोभाकर पराजुली /
पद ठूलो कि पार्टी ? आँपको बगैंचामा केही युवाहरुसंग सम्वाद गरी राख्दा अचानक मसंग यो प्रश्न सोधियो । विद्यार्थी जीवनमा जतिखेर पंचायतको काल रात्री थियो त्यतिखेर अनेकन पटक तरबार ठ्रूलो कि कलम ?” विषयमा वादविवाद गरिन्थ्यो । राजनीति चेतना आँफूभित्र फत्रिंmदै गरेको हुनाले म जहिले पनि कलम ठूलो भन्ने पक्षमा वकालत गर्थंे ।

बलभन्दा बुद्धि ठूलो भनेर अनेकन तर्कहरु राख्थे । त्यसबेला मेरो बुझाइ थियो – शान्तिपूर्ण संघर्षले नै अभिव्यक्ति स्वतन्त्रताको रक्षा, मानव अधिकारको संरक्षण र दलहरुको प्रतिस्पर्धात्मक राजनीति पुनस्र्थापन हुन सक्छ ।

बरिष्ट लोकतन्त्रवादी नेता विडवेडवरप्रसाद कोइराला जहिले पनि ब्रेड (रोटी) भन्दा ब्रेन (विवेक) को महता संझाउनु हुन्थ्यो । मानिसले अनेक विचारधाराहरु राख्न सक्छन् । विचारहरुको विविधता र विचार छनौटको स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त हो भनेर सुनिराख्थें । जब बारा जिल्लाका युवाहरुबाट अहिलेको लागि यक्ष प्रश्नको सामना गर्नुप¥यो तब मैले तिनीहरुलाई तत्कालमा केही जवाफ त दिएँ तर मलाई कैँयांै दिनसम्म यो प्रश्नले पछ्याइराख्यो । यतिबेला परिवृत्तमा रहेको यही प्रश्नको वरिपरी यो आलेख केन्द्रित भएको छ ।

लोकतत्रको सौन्दर्य र सामथ्र्य भनेको दलाहरुको अकुण्ठित अंस्तिव हो । दल बिनाको निर्वाचन र विभिन्न शास्त्रीय ढाँचाहरुको निर्माणको आलंकारिकता त पंचायती व्यवस्थाभित्र पनि थियो । नेपाली जनताले मेनैदेखि त्यसलाई कहिल्यै पनि स्वीकारेनन् । अस्वीकार र असहमतिको विस्फोट ०३६ सालको आन्दोलनमा भयो । २०४६ मा त बहुदलीय व्यवस्था स्थापान नै भयो । ०४६ पछि तत्कालीन पंच र मण्डलेहरुले आफ्नो पार्टी खोले । जो पंच हिजो पंचायतका दिनमा बहुदलीय व्यवस्था स्थापाना गर्ने माग राख्थे तिनलाई दण्डित गर्न अनेकौँ हतकण्डा अपनाउथे उही पंचहरुलाई आफनो दल रकेतने वा आँफूले चाहेको दलमा सहभागी हुने उँमुक्ति बहुदलवादीहरुले दिए ।

राजा र पंचायत विरुद्धको आन्दोलनमा कोही काँग्रेस, रोही कम्युनिस्ट घटकहरुमा सक्रिय रहँदै आए । त्यसबेला दलमा आवद्ध हुनुको सोझो अर्थ मण्डले प्रशासनको वक्रदुष्टिको शिकार हुनु थियो । हजारौं कार्यकर्ताहरु मुलुकभरी जो आँफूलाई काँग्रेसी र वामपन्थी भनेर चिनाउनमा गर्व गर्थे ।

हाँसी हाँसी जेलनेल र अनेकौँ यातानाहरु भोग्थे । कोहि निर्वासिनमा गए त कंैयांैको सम्पत्ति हरण भयो । बारा जिल्लामा एक जना अनुप सहनी हुनुहुन्थ्यो जो सय बर्ष बाँचेर बित्ुनभो । उहाँ जहिले पनि सिम्रौनगढमा भेट्दा भन्नु्हुन्थ्यो म २००७ सालदेखिको काँग्रेसी । उहाले कहिल्यै पनि र कुनै पनि सार्वजनिक पद धारण गर्न पाउनु भएन तर आफूलाई चिनाउँदा र आफनो दलसंगको आवद्धता भनिरदाँ गर्वले उहाँको अनुहार धपक्क बल्थ्यो ।

कोही भन्थे किन कुनै दलसंग जोडिन पुग्छन् ? किन कुनै दलको साधारण सदस्य हुँदैमा गर्व गर्थे ? यो पक्षमाथि हामीकहाँ चिन्तन् मनन् भएको पाइएन । पार्टी प्रवेश गराउने चुवावी राजनीतिको खहरे खोलाले त्यस्ता अनेकौं प्रश्नका ढुंगाहरुलाई धमिलो पानीमा बगाएर लगिरहेको छ ।

एकभन्दा बढी दलहरुको उपस्थिति बिना लोकतन्त्रको कल्पना गर्न सकिंदैन । दलको सिद्धान्त र पृष्ठभूमि, आन्दोलनका आयाम, नेतृत्वको करिश्मा, अन्तरराष्ट्रिय प्रभाव, साहित्यको असर, परिवर्तनको चाहना वा तात्कालिन संरणको मनोविज्ञानले कोही कुनै दलसंग आवद्ध हुन्छन् । यसरी कुनै दल विशेषसंग जोडिंदा कुनै व्यक्तिको पहिचान दलसंग जोडिन्छ । दललाई पनि व्यक्ति विशेषका कारणले स्थान विशेषमा चिनारी प्राप्त हुन्छ ।

दलमा आवद्धता भनेको बैंकमा पैसा राखेर एटिएमबाट झिन्नु जस्तो होइन । आफू जुन दलमा आवद्ध भइएको छ त्यो दलको विचार अनुसारको राजनीतिक, सामाजिक रुपान्तरणका लागि त्योसंग जोडिएको हुन्छ । पार्टीले दिएको जिम्मेवारी चाहे त्यो आन्दोलनका क्रमश होस् वा निर्वाचनको क्रममा, संघर्षका लागि होस् वा सत्ताका लागि आफनो दलप्रति प्रतिवद्ध र समर्पित कार्यर्ताले त्यसलाई निशर्त स्वीकार गनुपर्छ ।

हाम्रै माझ यस्ता प्रशस्त उदाहरणहरु छन् जहाँ पार्टीले जिम्मेवारी तोक्दा कार्यकर्ताहरुले आफनो बलिदान दिएका छन् । त्यसैगरी पार्टीले चुनावमा कसैलाई प्रत्यासी बनाउँदा कार्यकर्ताहरुले दिनरात मेहनत गरेर उम्मेदवारलाई शासनमा पु्¥याएका छन् । दलसंग आवद्ध हुनुको चरित्र नै यही हो ।

यसपटक निर्वाचनको क्रममा कोही टिकट नपाएकै कारण एउटा पार्टी छोडेर अर्काेमा जाने, कोही एकैपटक कैयौ पार्टीमा छिर्ने जोगाई लगाउने त्यसलाई स्वीकार पनि गर्ने र अन्तमा कुनै अर्कै पार्टीबाट उम्मेदवारी दिने घटनाहरु बाहिरिए । यस्तोसम्म पनि देखियो कि एउटै व्यक्ति एकै दिनमा तीनवटा पार्टी बदले । चुनावी राजनीतिको दृष्टिकोणले यस्तो प्रवृतिलाई स्वाभाविक भन्न थालिएको छ तर दलीयताको मर्यादाका हिसाबले यस्तो प्रवृत्रिले दलीयताको अस्तित्वलाई क्षरण गर्छ ।

दलहरुसँग जोडिनु र छुट्टिनु भनेको कुनै मलको एउटा तल्लामा फिल्म हेर्दाहेर्दै चटङ्क त्यसलाई छाडेर अर्काे तल्लाको फिल्म हेर्न जानुजस्तो होइन । लहड, आवेग वा स्वार्थका कारण दलको कार्यकर्ता बन्ने होइन । दल भनेको खाने पिउने मधुशाला होइन । दल विशेषसँग सम्मति र विमाति हुन सक्छ तर एउटा लोकतन्त्रवादीले दलको मर्यादा अनुशासन कदर हुनुपर्छ भन्ने चाहन्छन् ।

आन्दोलन वा निर्वाचनमा कुन दललार्इृ भरभैग गर्ने त्यो स्वतन्त्रता सार्वभौभ जनतामा अन्तरनिहित छ र व्यवहारमा रहनु पनि पर्छ । अहिले निर्वाचनलाई चुनावी राजनीतिको आँधीबेहरीमाझ दलीय मूल्यनिष्ठाको सवाललाई गौण बनाएको छ । जबकि यो विषय सबै दलहरुका लागि चिन्ताको विषय बन्नु पथ्र्यो ।

पार्टीको प्राथमिकता के हा ? यसले कस्ता पात्रहरुलाई प्राथमिकतामा पा¥यो ? त्यो दलको अधिकार प्राप्त व्यक्ति वा समितिले निर्णय गर्ने विषय हो । तर यहाँ दलले कुनै अमूक पदका लागि टिकट नदिदा पार्टीलाई नै तिलाञ्जली दिने, अर्काे दलको ओत आग्ने, नभए स्वतन्त्र उम्मेदवारी दिने प्रवृतिले लोकतान्त्रिक पद्धतिका लागि घुन पुत्लाको काम गर्छ । लोकतन्त्रमा दल चाहिन्छ । दल विशेषप्रति निष्ठा राख्ने समुह चाहिन्छ । यसलाई अर्काे शब्दमा भन्नुपर्दा दलीयताप्रतिको निष्ठा चाहिन्छ ।

आखिर दलीयतीका लागि नै राजाहरुसँग जुझ्दै अन्ततोगत्वा गणतन्त्र ल्याइयो । हो, दलहरुभित्र आन्तरिक लोकतन्त्रको मात्रा घटबढ हुन सक्छ । दलभित्र असहमत पक्षलाई, असहमतिको स्वरलाई प्रखर गर्नेहरुलाई नियोजित रुपमा धकेलेरै किनारा लगाउने यत्न भैरहेको हुन सक्छ । जसले दलीय संरचनाभित्रको प्रतिस्पर्धामा जित्न सके तिनले हार्नेरुलाई दलको परिधिभन्दा बाहिर धकेल्ने कोशिस गरिरहेको हुनसक्छ । यसका निम्ति दलहरुको आन्तरिक जीवनमा अन्तरघर्षण हुनु स्वभाविक हो ।

दलभित्र आफ्ना असहमतिलाई कसरी राख्ने ? कहाँ राख्ने ? कहिले राख्ने ? त्यसका पनि सीमाहरु कोरिएका छन् । जसले दलको साँचो लिएका छन् तिनले पनि के बुझनुप¥यो भने जो, जहाँ, जसले, जुन तहमा परक मत राखेपनि आखिर तिनले दललाई नै ताकतवर बनाउन खोजेको हो । त्यसैगरी असहमत पक्षले पनि के बुझनुभयो भने असहमति प्रकट गर्नु भनेको दललाई ध्वस गर्नु होइन । दलका निर्णयहरु सच्याउने, दललाई सही लिकमा ल्याउने उपक्रम हो ।

अहिले नै नेपाली काँग्रेसलाई नेपाली काँग्रेसले आफ्नो नेतृत्वको संघीय सरकारमा आवद्ध रहेका दलहरुसंग चुनावी गठबन्धन गर्न पुगेको छ । त्यसकाप्रति पालिका र जिल्ला तहबाट असहमति प्रकट गरियो । कसैले बागी उमेदवारी पनि दिए । काग्रेसभित्र नै गठबन्धनको औचित्यमाथि प्रश्न उठाउनेहरु क्रम छैनन् । भंनेले त गठबन्धनको चुनावी राजनीतिलाई काँग्रेसले गुलियो बिष खायो पनि भनेका छन् ।

तर पार्टी सभापति शेरबहादुर देउवाको अटल अडानका करण गठबन्धन हुने नै भयो । काँग्रेसका छाँया सभापति डा. शेखर कोइरालाले अपिल गरे जस्तै काँग्रेस पार्टीको विभिन्न तहका साथीहरुले मनमुटाव धाँती राख्दै पार्टीको पक्षमा काम गर्न आंहान गर्नुभएको छ । यो नै हो दलीयताको मर्म अनुसारको चाल र चरित्र ।

फलानो पद पाइएन, त्यसकारण बागी हुन्छ भन्ने छुट दलीय तंत्रमा हुँदैन लडाईको मैदानमा सेनापतिको निर्णय सर्वाेपरी हुन्छ । त्यहाँ सैनिकले किन्तु परन्तु गर्न मिल्दैन । लडाई पश्चात् सेनापतिका निर्णयमाथि विभिन्न कोजबाट पार्टीभित्र विभर्श हुनसक्छ । पार्टीका दस्तावेजहरुमा त्यस्ता कुनै निर्णयमा रिक्तताहरुबारे अभिलेख राख्न सकिन्छ । तर दलको लक्ष्मण रेखा उल्लंघन गर्नेलाई सहाहना गर्न सकिंदैन । पदका लागि पार्टी फेर्दै हिडने वा स्वतन्त्र उम्मेदवारी दिने प्रवृति सामान्त्र तवरबाट हेर्दा कुनै दलको नाफा नोक्सानीसँग जोडिएको हेला तर सुस्म तरिकाले नियाँल्ने हो भने यसले दलीयतालाई नै घाम गई ।

दल विशेषले आँफसँग आवद्ध कार्यकर्ता, हितैषी वा सहयोगीहरुको योगदान र सामध्र्यका आधारमा उचित अवसर दिनुमा कञ्जुस्याँई गर्नु हँुदैन । त्यहाँ मेरो तेरो गरिनु हुँदैन । नेपाली काँग्रेसको केन्द्रीय कमिटिको बनौट नै विभिन्न द्धष्टिकोण राख्नेहरुको धारबाट आएकाहरुको सम्मिलन हो ।

समग्रमा सिंगो नेपाली काँग्रेस विविधता बिचको सामञ्जस्यको स्वरुप हो । यस्तो केन्द्रीय कार्यसमिति बाट कुनै कार्यकर्तालाई तत्कालमा अन्याय, मर्का वा अपमान भएको अनुभुति भए पनि कालान्तरमा त्यसलौन्याय नै पाउँछ र पाउन पनि पर्छ । आम नेपालीको न्यायका लागि लड्ने नेपाली काँग्रेस आफ्ना प्रयेक कार्यकर्ताहरुको न्याय सम्मान र सुरक्षाको प्रत्यामूति गराउन सक्नुपर्छ । त्यसैगरी पार्टीमा पदलाई ठूलो भन्ने वितण्डाकारी हरुलाई लोमता के हो भनेर पाठ सिकाउनुपर्छ ।

साझा गर्नुहोस्