काठमाडौ—तराई/ मधेश दु्रतमार्गका लागि थप रुख काट्न सेनाको प्रस्ताव, दु्रतमार्ग ४ वर्षमा के के काम भए त ?

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 6 मिनेट

शारदा पोखरेल/

काठमाडौ—तराई÷मधेश दु्रतमार्गमा नयाँ संरचना निमार्णको लागि जग्गाको आवश्यकता परेको भन्दै थप रुप काट्न नेपाली सेनाले प्रस्ताव गरेको छ ।

आयोजनाको निजगढ कार्यदलले ‘दु्रतमार्ग सडक निमार्ण प्रस्तावित स्वरुप’ डिपिआर र विस्तृत वातावरणिय प्रभाव मुल्याकंनमा समावेश नभएको संरचनाहरु थप गर्न करिव १ हजार ६ सय साना —ठुला रुखहरु काट्न सरोकारवाला निकायसँग प्रस्ताव गरेको छ ।

कार्यदलले डिभिजन वन कार्यालय बारा, वन तथा भु—संरक्षण विभाग र वन मन्त्रालयका पदाधिकारीहरु सँगको छलफलमा दु्रतमार्गमा सवारी साधनसँग राजस्व उठाउन आवश्यक पर्ने ट्रोल हाउस, ईन्टरचेन्ज र हाईटेशन लाईनको लागि थप जग्गा आवश्यक भएको जनाएको छ ।

सो संरचनाहरु डिपिआरमा छुटेकोले पुरक वातावरणिय अध्ययन प्रतिवेदन मार्फत थप रुख काट्न सेनाले प्रस्ताव गरेको छ ।

दु्रतमार्ग निमार्णका क्रममा २०७४ देखि हालसम्म बारा,मकवानपुर र ललितपुरमा गरी २७ हजार रुख र पोल कटान भईसकेको छ ।

वन मन्त्रालयले आयोजनालाई थप जग्गा आवश्यक भए/नभएको र रुख काट्नु पर्ने/नपर्ने विषयमा अध्ययन गर्न उपसचिवको नेतृत्वमा समिति गठन गरेको छ । सो समितिले दु्रतमार्गको स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउने वन तथा भु—संरक्षण विभागमा उपसचिव सुदिप छतखुलीले जनाएका छन् ।

‘सवारी साधनसँग पैसा उठाउन ट्रोल हाउस भनेको दु्रतमार्ग छेउमै बनाए हुदैन किन थप जग्गा लिएर रुख काट्ने भन्ने वन सचिव ज्यु को धारण छ’ दु्रतमार्ग अनुगमनको कम्रमा आएका विभागका उपसचिव छतखुलीले भने ‘एशियन स्टन्डरको हाईवेय बनाउने कम्रमा केही संरचनाहरु थप्नुपर्ने, केही वन क्षेत्रको भोगाधिकार विषय तथा भुसंरक्षणका हिसावले के कस्तो समस्या देखिन सक्छ भनेर हामी अनुगमनमा आएका हौ’ उनले भने ।

दु्रतमार्ग कार्यदलले भने थप संरचना निमार्णको लागि पुरक ईआईए मार्फत अनुमानित १ हजार ६ सय रुख काट्नुपर्ने प्रस्ताव पेश गरेको छ । तर उपसचिव छतखुलीले भने हाल सेनाले भोगचलन गरिरहेको बाघभैरव सामुदायिक वनको जग्गामा आवश्यक थप संरचना बनाउन सकिने सुझाव दिएका छन् । ‘पुरक ईआईए गर्ने नगर्ने विषयमा स्थलगत रुपमा के कस्तो छ भनेर हामी हेर्न मात्रै आएका हौ, यस्को निर्णायक हामी होईनौ’ उनले भने ।

यता,आयोजनाको निजगढ कार्यदलले भने प्राविधिक रुपमा सेना बसिरहेको व्यारेक क्षेत्र ट्रोल हाउसका लागि उपयुक्त नहुने दावी गरेको छ । ‘दु्रतमार्गको मापदण्ड अनुसार यो ठाँउ उपयुक्त नभएकोले अन्यत्र सार्न खोजेका हौ’ आयोजना कार्यदलका एक अधिकारीले भने । काठमाडौ—तराई/मधेश दु्रतमार्गको ७२ किलोमिटर १ घन्टा २० मिनेटको हुने आयोजनाले जनाएको छ ।

दु्रतमार्गमा प्रतिघन्टा ८० देखि सय किलोमिटरको गतिले ठुला सवारी साधन गुड्न सक्नेछन् । ७२ किलोमिटर दुरीमा निजगढ, मकवानपुर र ललितपुरमा गरी ३ ओटा पोईन्टमा ट्रोल हाउस निमार्ण हुने जनाईएको छ ।

डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले विभिन्न आयोजनाको नाममा वन क्षेत्र मासिएको भन्दै गुनासो गरेका छन् ।

सेनाले भोगाधिकारको निर्णय बिनै बाघभैरव र नागमणी सामुदायिक वनको ठुलो भु—भाग भोगचलन गर्दै आएकोले सोही ठाँउलाई सदुपयोग गर्न सकिने उनले जनाएका छन् । ‘सेनाको बेसक्यापका लागि हामीले पहिल्यै नै केही रुख काटेर यहाँ ठाँउ बनाएकै हो अव अर्को ठाँउमा थप रुख काट्न भन्दा यहि भएकै ठाँउ प्रयोग गर्न सक्छौ भने किन नगर्ने भन्ने हाम्रो सुझाव हो’ वन अधिकृत अहमदले भने । दु्रतमार्गको नयाँ संरचना निमार्णका लागि थप रुख काट्नुपरे डिभिजन वन कार्यालय बारा र वन मन्त्रालयको प्रस्तावमा पुरक वातावरणिय प्रभाव मुल्याकंन प्रतिवेदन तयार गरेर सोही आधारमा मन्त्रीपरिषद्को निर्णय मार्फत रुख काट्न सकिनेछ ।

वन मन्त्रालयका उपसचिव खिलानाथ दहालले पुरक ईआईए तयार भईरहेकोले सोही आधारमा रुख कटान गर्ने प्रति रुख बराबर १० ओटा विरुवा वृक्षारोपण हुने बताए । ‘हामी पनि गाडी गुड्ने बाटो नै छेकिने भयो भने मात्रै नत्र रुख काट्ने पक्षमा छैनौ, तैपनि दु्रतमार्गका लागि थप रुख कति काट्ने विषयमा अध्ययन भईरहेको छ ।

दु्रतमार्ग ४ वर्षमा के के काम भए त ?

काठमाडौलाई सिधा मधेशसँग जोड्ने सबैभन्दा छोटो दुरीको आयोजना हो काठमाडौ—तराई/मधेशको दु्रतमार्ग । ललितपुरको खोकनालाई जिरो पाईन्ट मानेर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले २०७४ जेठ १४ गते निजगढ पोईन्टको ७२ किलोमिटरमा शिलन्याश गरेका हुन् ।

४ वर्षभित्र निमार्ण सम्पन्न गर्नेगरी २०७४ बैशाख २१ गते सरकारले दु्रतमार्ग निमार्णको सम्पुर्ण जिम्मा नेपाली सेनालाई दिएको हो । तर तोकिएको समयभित्र दु्रतमार्ग सम्पन्न हुन नसक्ने भएपछि २०७७ अशोज दोस्रो साता पुनं ३ वर्ष लागि म्याद थपियो ।

थपिएको म्याद अनुसार २०८१ बैशाख भित्र सेनाले दु्रतमार्गको सम्पुर्ण काम सम्नुपर्नेछ । बिगतमा रुख कटान, ठेक्का प्रकिया, मुआब्जा विवाद र कोभिड—१९ कारण गति लिन नसकेको दु्रतमार्ग निमार्णको काम पछिल्लो समय तिब्र गतिमा अगाडी बढेको आयोजनाको निजगढ कार्यदलले जनाएको छ ।

सेनाले दु्रतमार्गको निजगढदेखि ललितपुरको खोकना सम्मको करिव साढे ७२ किलोमिटर भुभागलाई ११ ओटा प्याकेजमा छुटएर ५ ओटामा ठेक्का लगाईसकेको छ भने बाँकी ६ ओटा प्याकेज पनि पाईपलाईनमा रहेकोले छिट्टै ठेक्का प्रकियामा जाने जनाएको छ ।

अनुमानित १ खर्व ७५ करोड लगानीमा बन्ने दु्रतमार्गको साढे ७२ किलोमिटर सडक खण्ड ४ लेनको हुनेछ । सो सडक खण्डको दुर्वतर्फ ८७÷८७ ओटा पुल रहेका छन् ।

६ किलोमिटरको अन्तरालमा ३ ओटा टनेल रहनेछ । दु्रतमार्गमा साढे ५५ किलोमिटर सडक क्षेत्र र अन्य पुल र टनेल रहनेछ । ‘अहिले १ सय ३० मिटर उचाईवाट कटिङ्गको काम भईरहेको छ, माटो फिलिङ्ग गर्ने, अन्य संरचना निमार्णको कामहरु भईरहेको छ’ कार्यदलका एक अधिकारीले भने ।

पुल सहित अन्य साना संरचना निमार्णको काम धमाधम भईरहेको आयोजनाले जनाएको छ । ‘सबैले बाधा अड्चन फुकाएर सहयोग गरे अहिलेको हाम्रो टार्गेट २०८१ मंसिरसम्म दु्रतमार्ग सरकारलाई हस्तान्तरण गर्ने हो,बिचमा फेरि बाधा अड्चन आयो भने गाह्रो हुन्छ’कार्यदलका एक अधिकारीले भने ।

 

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *