वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

१६ वटै पालिकाहरुमा सोमवार शन्तिपुणर् मनोनयन दर्ता सम्पन्न

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आईतवार र सोमवार दुई दिन उम्मेदावारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको थियो ।

निर्वाचन आयोगको निर्धारित कार्यतालिका अनुसार बारामा पनि मनोनयन कार्य सम्पन्न भएको छ ।

आईतवार आंशिक रुपमा केही दलका प्रतिनिधिहरुले मनोनयन दर्ता गराएपनि सोवमार सवै राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन ।

जिल्लाका १६ वटै स्थानीय तहहरुमा सोमवार शन्तिपुणर् रुपमा मनोनय दर्ता कार्य सम्पन्न भएको छ ।

जिल्लाको दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाँउपालिका छन । यी सवै पालिकाहरुमा प्रमुख राजनीतिक दलहरु सहित स्वतन्त्र उम्मेदवारहरुले पनि विभिन्न पदमा उम्मेदवारी दिएका छन ।

जिल्लाका तीन वटा पालिकाहरुमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन । कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकामा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयर तथा उपमेयरमा साझा उम्मेदवारी दर्ता गराएका हुन।