अवैध रुपमा लगाईएको गाँजा खेतीलाई पर्सा प्रहरीले फडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले करिब ११ विघा क्षेत्रफलमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी निरीक्षक राजाबाबु यादवको नेतृत्वमा खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ स्थित खेतमा लगाइएको उक्त गाँजा खेती फडानी गरेको हो ।
प्रहरीले गाँजा खेतीमा संलग्न व्यक्तिको खोजी भईरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए ।
पर्साका ग्रामिण क्षेत्रमा फेरी गाँजा खेती फस्टाउँदै गएपछि पर्सा प्रहरीले फडानी अभियानलाई तीब्र बनाएको छ । प्रहरीले उक्त स्थानमा गाँजा खेती गरिएको भन्ने प्राप्त गोप्य सूचनाका आधारमा गाँजा फडानी गरेको जनाएको छ ।