वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

हुण्डी कारोबारको आरोपमा ४१ लाख रकमसहित भारतीय पक्राउ

स्रोत नखुलेको साढे ४१ लाख नेपाली रुपैया सहित पर्सा प्रहरीले एक जना भारतीय नागरिकलाई वीरगजबाट पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा भारत विहार, जिल्ल पूर्वी चम्पारण थाना रक्सौल–११ बस्ने २५ बर्षिय राकेश कुमार रहेका छन।वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्नेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगञ्जतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाईकलमा आईरहेका राकेशको साथबाट मोटरसाईकलको सिटमुनि टयाँकीमा लुकाएर राखेको स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैया बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिएका छन ।

उनलाई प्रहरी नियन्त्रणमा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।