वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

हिरालाल केडिया आँखा उपचार केन्द्र, कवही गोठमा भयो संचालन

हिरालाल केडिया आँखा उपचार केन्द्र, कवही गोठमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

बुधवार राजेश केडियाले सो अस्पतालको उदघाटन गरेका हुन । उदघाट्नपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका केडियाले कबहीगोठमा उपचार गराउन आउने एक हप्ता सम्मका बिरामीहरुलाई केडियासम्म थप उपचारका लागि आउने भडाको व्यवस्था अस्पतालले नै गर्ने बताए ।

निकट भविश्यमा नै अपरेसनको व्यवस्था समेत गर्ने प्रतिवद्धता ब्यतm गर्दै कुनै प्रकारको आखाको समस्या छ निको पार्ने काम हाम्रो रहेको छ । त्यसैले ढुक्कका साथ उपचार गराउन आउन सबैलाई आग्रह गरे । अस्पताल निर्माणले यस क्षेत्रका जनतालाई टेवा पुग्ने उनको भनाई रहेको थियो ।

सुवर्ण गाँउपालिकाका अध्यक्ष राजेश यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादव, जसपाका केन्द्रीय सदस्य रामकिशोर यादव,सुवर्ण गाँउपालिकाका निवर्तमान गाँउपालिकाका अध्यक्ष महेन्द्र यादव, डाक्टर श्यामबाबु यादव, नेपाली काँग्रेस सुवर्ण गाँउपालिकाका अध्यक्ष रुपनारायण यादव, डाक्टर जितेन्द्र यादव, अस्पतालका संचालक सतेन्द्र यादव लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।

एसआरपी होस्पिटल कबहीगोठ र केडिया अस्पतालको संयुतm रुपमा करिब २० लाखको लगानी सो अस्पताल निर्माण गरि संचालन ल्याएको छ । आखाको बिभिन्न प्रकारको जेनरल रोगहरुको चेकजाँच गरिने जनाईएको हुने भएको छ ।