वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

स्थानीय स्तरमा शिक्षाका सवाल एवम् मुद्धाबारे एकदिने अन्तरक्रिया

बाराको बारागढी गाउँपालिकामा स्थानीय स्तरमा शिक्षाका सवाल एवम् मुद्धाहरुबारे एकदिने अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्यव समिति, बाराको आयोजना तथा ग्रामिण वातावरण तथा कृषि बन प्रविधिकेन्द्र नेपालको समन्यवयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रदेश २ की कोषाध्यक्ष मन्जु सुबेदीको अध्यक्षता र बारागढी गाउँपालिकाका अध्यक्ष देवदत बछार थारुको प्रमुखअतिथ्यतामा कार्यक्रम गरिएको छ ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष बछारले गाउँपालिकाको शैक्षिक क्षेत्रमा सुधार ल्याउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा जनजागरण युवाक्लबका कार्यकारी निर्देशक श्रीनिवास बैठाले बारागढी गाउँपालिकामा शैक्षिक क्षेत्रका समस्या समाधानका लागि १३ बुन्दै अपिलपत्र सो समन्वय समितिको तर्फबाट बारागढी गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको बताएका छन ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत आमोद चौधरी, शिक्षा अधिकृत जलमति चौधरी, गाउपालिका अन्तरगत विद्यालयहरुका प्रअहरु र अन्यकर्मचारीहरुको गरी ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा अरविन्द यादवले स्वागत तथा कार्यक्रमको उदेश्यमा बारे जानकारी गराएका थिए ।