ईन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले पर्साको गाउँगाउँसम्म ईन्टरनेट पुर्याएपछि यहाँका स्थानीयसँगै आम उपभोक्ता हर्षित भएका छन ।
कम्पनीले जिल्लाको स्थानीय तहहरुसँगै स्थानीयबासीहरुको पनि घरघरमा ईन्टरनेट सेवा सहज र सुलभ तरिकाले पुर्याएपछि अहिले गाउँ गाउँमा मानिसहरु ईन्टरनेटको सेवाले लाभान्वित भएका छन ।
अहिलेको प्रबिधीको युगमा हरेक मानिसहरुको लागि ईन्टरनेट सेवा नभई नहुने जस्तै बन्दै गएकोमा सुबिसुले आफनो सेवा जिल्लाको बिकट गाउँसम्म नै बिस्तार गरेपछि स्थानीयबासीहरु सहज रुपमा ईनटरनेट चलाउन पाएका छन ।
पहिले सिमकार्डबाट डाटा प्याक किनेर ईन्टरनेट चलाउदा महँगो पनि पर्ने र राम्रोसित नेट समेत नचलेर हैरानी खेप्दै आएका आम उपभोक्ताहरु सुबिसुले गाउँघरसम्मै जडान गरिदिएको ईन्टरनेटको सेवाले लाभावित भएको उपभोक्ताहरु बताउँछन ।
पहिले सिमकार्डले डाटाबाट नेट चलाउदा निकै सास्ती खेप्दै आएका उपभोक्ताहरु अहिले सुबिसुले आफनो सेवा गुणस्तरीय बनाउदै हाई स्पिडमा ईनटरनेट चल्ने फाईबर जडान गरि गाउँ गाउँमा ईन्टरनेट सेवा पुरयाएको हो ।
कम्पनीले अहिले जिल्लाका सबै स्थानीय तहहरुमा ईनटरनेट सेवा पुरयाई सकेको छ।
जिल्लाको सुगम शहरदेखि दुर्गम क्षेत्रका गाउँपालिकाहरुसम्ममा सुबिसुकै ईन्टरनेट सेवा चल्ने गरेको छ ।
गाउँमा फाईबरसहितको ईन्टरनेट सेवा सुबिसुले ल्याएपछि आफनो घरमा पनि ईन्टरनेट जडान गराएको पर्साको पटेर्वा सुगौली गाउँपालिकाका सञ्जय महतोले बताए।
उनले सुबिसुको ईन्टरनेट सेवा एकदमै राम्रो भएको बताउदै पहिले सिमकार्डबाट डाटा लिएर चलाउदा समस्या भएकोमा अब त्यसबाट छुटकारा मिलेको महतो बातउँछन ।
अहिलेको युगमा ईन्टरनेट नभई नहुने तथा युवा,बिभिन्न कमपनीमा काम गर्ने कर्मचारी तथा बिधार्थी लगायतलाई ईन्टरनेटको खाँचो रहेको खण्डमा गाउँसम्म ईन्टरनेट सेवा पुगेकोमा खुशी ब्यक्त गरे ।
पहिले सिमकार्डबाट ईन्टरनेट चलाउदा निकै खर्चिलो हुने गरेको र अहिले सुबिसुको ईन्टरनेटले त्यो खर्चमा समेत नियन्त्रण आएको महतोको भनाई छ ।
‘अहिले प्राय सबै मानिसहरुलाई ईन्टरनेटको आवशयकता छ,उनले भने,पहिले नेट चलाउन निकै समस्या हुन्थ्यो डाटा किनेर चलाउदा खर्च पनि बढी हुन्थ्यो तर गाउँमा नै सुबिसुले सेवा बिस्तार गरेपछि धेरै सहज भएको छ ।
’अहिले पर्सा जिल्ला भरि नै कम्पनीले ईन्टरनेट सेवा फाईबरसहित पुरयाई सकेको कम्पनीका वीरगञ्ज शाखाका प्रबन्धक कमरुल अनसारीले बताए ।
गाउँ गाउँमा आम उपभोक्ताहरुले समेत ईन्टरनेट जडान गराएको र उनीहरुलाई पनि सहज र सुपथ मुल्यमा कम्पनीले गुणस्तरीय सेवा प्रदान गरिरहेको उनले दाबी गरे ।
‘हामीले गाउँ गाउँसम्ममा आफनो सेवा बिस्तार गरिसकेका छौ,उनले भने,गाउँमा आम उपभोक्तालाई पनि हाई स्पिडको गुणस्तरीय सेवा प्रदान गर्दै आएको छौ ।
’ईन्टरनेट सेवामा कुनै पनि समस्या नआओस भनेर कम्पनीले २४ सै घण्टा प्राबिधिकहरुको टोली खटाउने गरेको अन्सारी बताउँछन ।
उनले सेवामा कुनै पनि समस्या आए प्राबिधिक अथवा आफुसित समेत सम्पर्क गर्न सकिने जानकारी दिए ।
कम्पनीले २० एमबिपिएस भन्दा माथिको बार्षिक प्याकेज लिदा एक लाखको र ६ महिनाको प्याकेजमा पचास हजारको निःशुल्क बिमा पनि कम्पनीले गरि दिने उनले जानकारी दिए ।
ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै अहिले कम्पनीले क्लियर टिभी पनि बजारमा ल्याएको छ ।
क्लियर टिभीको सेटटप बक्स जडान गरेर जडान गरेर ग्राहकहरुले देशी बिदेशी टिभी च्यानलसमेत हेर्न सक्छन ।