वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

सिमरा सेजमा नयाँ औद्योगिक क्षेत्र स्थापनाको लागि अध्ययन सुरु

रञ्जन यादव/
बाराको सिमरा स्थित बिशेष आर्थिक क्षेत्र (सेज) मा नयाँ औद्योगिक क्षेत्र स्थापनाको लागि अध्ययन सुरु भएको छ ।

नेपाल औद्योगिक क्षेत्र व्यावस्थापन लिमिटेडले बाराको सिमरामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु गरेको हो ।

नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सम्भाव्यता अध्ययनका लागि निर्देशन दिएपछि औद्योगिक व्यावस्थापन लिमिटेडका सहायक निर्देशक इञ्जिनियर सुशील तिमिल्सिना र जयकृष्ण दूलाल नेतृत्वको टोली बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४, १५ र १६ मा पर्ने जग्गाको स्थलगत अध्ययनका लागि पुगेको थियो ।

प्रारम्भिक अध्ययनका क्रममा सिमरामा विशेष आर्थिक क्षेत्रका लागि निर्माण गरिएको ब्लक ‘इ’ र ब्लक ‘डी’ औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त देखिएको अध्ययन टोलीले निस्कर्ष निकालेको छ । सिमरा स्थित विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरिएको क्षेत्रमै ४ सय विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन सुरु गरिएको हो ।

छलफलका क्रममा अध्ययन टोलीका इञ्जिनियर तिमिल्सिनाले ब्लक ‘डी’ मा केही अनाधिकृत वस्ती पनि रहेको र केही खेतहरु पनि परेकोले केही समस्या हुने देखिएपनि ब्लक ‘इ’ मा भने कुनै समस्या नदेखिएको बताए ।