वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

सामुहिक सहकार्यताबाट मात्र विकास सम्भव छ- शहरी विकास मन्त्री चौधरी

रञ्जन यादव/
शहरी विकास मन्त्री मेटमणि चौधरीले सामुहिक सहकार्यताबाट मात्र विकास सम्भव भएको बताएका छन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत क्षेत्रभित्रका तीन वटा योजनाहरुको रमौलीमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउँनुभएको हो । उहाँले बिवाद र फुटले कसैको पनि भलाई नहुने भएकाले बिकासको मामलामा एक ढिक्का हुन अनुरोध गर्नुभयो ।

मन्त्री चौधरीले अनुमानित ३५ करोड बजेट रहेको पथलैया–वीरगन्ज व्यापारिक राजमार्गमा पर्ने गढीमाई मन्दिरको चोकदेखि पूर्वतर्फ रमौली, बसडिल्वा, ईनर्वासिरा बजार, सानो मटिअर्वा, चिनिमिल हुँदै मानवत मटिअर्वा भएर हुलाकी राजमार्ग जोड्ने सडकखण्डको शिलान्यास गर्नुभएको हो ।

उक्त सडकखण्ड जीतपुरसिमराको वडा नं. ८, १९ र २० मा पर्दछ । यसैगरी मन्त्री चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित गढीमाई मन्दिरमा ६ करोडको पार्क, सिमरास्थित टेलिकम चोकबाट पूर्वतर्फ बिकासशिल चोक, रंगशाला चोक हुँदै एयरपोर्ट सिमाना र एयरपोर्ट रोडको पिपलबोट देखि बिकासशिल चोकसम्म पाँच करोडको सडक योजना शिलान्यास गर्नू भएको हो ।

मन्त्री चौधरीले सघन शहरी विकास कार्यक्रम अन्तर्गत मन्त्रालयको बहुवर्षीय कार्यक्रम अन्तर्गत ५० करोडको बजेटबाट योजना निर्माण गर्न लागिएकोे बताएका हुन । यस वर्ष १७ करोड विनियोजन भएको छ । काठमाण्डौंको मनिषा ईन्जिनियरिङ कन्सल्टेन्टले स्थानीय तह निर्वाचनपछि उक्त योजनाको डिपिआर तयार गरेको थियो ।

साढे सत्र लाख खर्चिएर कन्सलटेन्टमार्फत तयार गरिएको छ । जीतपु्््रसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब श्रम तथा रोजगार बिकास मन्त्री किशान श्रेष्ठ,शहरी बिकास तथा भवन निमाृण बिभागका डिजि दिलिप श्रेष्ठ, सघन शहरी तथा भवन निर्माण आयोजना पर्साको आयोजना प्रमुख झपट बहादुर थापा, प्रदेश सांसद सुन्दर विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।