वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

साना किसान कृषि सहकारी संस्था लि. फत्तेपुरको २१ औँ साधारण सभा सम्पन्न ,१ करोड नाफा आर्जन

रञ्जन यादब/
बारा
साना किसान कृषि सहकारी संस्था लि. फत्तेपुरले आफनो २१ औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाको उद्घाटन पानसमा दिप प्रज्वलन गरी जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्नु हुँदै पौडेलले सहकारी एकीकरण अभियान उपमहानगरपालिकाले चलाईरहेको बताउँनुभएको छ । उनले सहकारीहरुलाई नाफामुखी भन्दा सदस्यमुखी बन्न आग्रह गर्नुभयो ।

साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष जयकिसुन प्रसाद चौधरीले कार्यक्रममा संस्थाको एक बर्षको बार्षिक कार्यप्रगती प्रस्तुत गर्नुभएको थियो । संस्थाले ३५ करोड ८ लाख ६५ हजारको कारोबार गरी एक करोड रुपैया नाफा आर्जन गरेको छ ।

बित्तिय र मलखादबाट संस्थाले ४ करोड ३ लाख ७५ हजार रुपैया नाफा आर्जन गरेको संस्थाका मुख्य प्रबन्धक कबिता कुमारी बस्नेतले जानकारी दिनुभयो । संस्थाले सुत्केरी शेयर सदस्यहरुलाई प्रति सदस्य रु २ हजार पोषण खर्च उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरी नगद र होर्लिक्स उपलब्ध गराएको थियो । कार्यक्रममा वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी ,वडा नं.८ वडा अध्यक्ष शिवशंकर महत्तो र वडा नं.११ का वडा अध्य्रक्ष बिन्दालाल साहलाई सम्मान गरिएको थियो ।