वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

सर्पले टोकेर बाराको निजगढमा एक युवकको मृत्यु

सर्पले टोकेर बाराको निजगढमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहनगरपालिका वडा नं.१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको रहेका छन ।

उनी निजगढ नगरपालिका- १३ डम्मरपुर स्थित मामा घरमा बस्दै आएका थिए ।

बुधबार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो ।

सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन।