वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

सरकार सुशासन,न्याय र समृद्धिको मुख्य नारा र कार्यभार बनाएर अगाडी बढेको छः प्रधानमन्त्री प्रचण्ड

राम मण्डल/

प्रधानमन्त्री पुष्पकमल दाहाला प्रचण्डले अहिले पासपोर्ट,लाईसेन्सको लागि लामो लाईन समेत लाग्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन ।

शुक्रबार वीरगञ्जमा आयोजित समाजबादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यसपालि आफु प्रधानमन्त्री भएको बेला जनतालाई बिदेश जान पासपोर्ट बनाउन,लाईसेन्स बनाउन लामो लाईन लाग्ने गरेको समस्यालाई ध्यानमा राख्दै त्यसलाई समाधान गरेको बताए छन ।

उनले लामो समयदेखी अवरुद्ध संसद सुचारु भईसकेकाले अब छिटै संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन संसदमा लैजाने बताएका छन । सबै दलहरुबिच सहमति भएको बताउदै उहाँ उक्त ऐनहरु पारित हुनेमा पनि बिश्वास ब्यक्त गरेका छन । आफु तेस्रो पटक प्रधानमन्त्री हुदा सुशासन,न्याय र समृद्धिलाई सरकारको मुख्य नारा र कार्यभार बनाएर अगाडी बढेको प्रधानमन्त्री प्रचण्डको जिकिर छ ।

सोही मोर्चाको सभालाई सम्बोधन प्रतिगमनको सपना देख्ने प्रतिगामी शक्तिहरुलाई परास्त गर्नको लागि चार दल मिलेर समाजबादी मोर्चा बनेको उहाँको भनाई छ । उनले प्रतिपक्षी एमालेको लामो समयको सँसद अवरोध पछि बिभिन्न प्रयासपछि सँसद खोलिएको जनाएका छन ।