वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

सरकारले खेलाडिहरुलाई खेल खेल्ने बाताबरण बनाउँदै गएको छ ः मन्त्री गहतराज

रञ्जन यादब

नेपाल सरकारले खेलाडिहरुलाई खेल खेल्ने बाताबरण बनाउँदै गएको संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले बताउँनुभएको छ । बाराको सिमरा स्थित सिमरा रङ्गशालाको अवलोकन गर्न आउँने क्रममा सिमरा बिमान स्थलमा प्रेस सेन्टर नेपाल बाराले आयोजनाका गरेको पत्रकार सम्मेलनमा मन्त्री गहतराजले पहिला भन्दा खेलाडिलाई हेर्ने दृष्टिकोण अहिले बदिलिदै गएको बताउँनुभएको छ । राज्यले खेलाडिहरुको मनोबल बृद्धि गर्ने उदेश्यले खेलमा जीत अनुसारको पुरस्कार प्रदान गर्ने पद्धती ल्याउँन लागेको बताउँनुभयो ।

उहाँले आज भोलिको मन्त्री परिषदको बैठकबाट ओलम्पीक खेलमा स्वणर् पदक जित्ने खेलाडिलाई जनही १ करोड ३२ लाख र एसियन खेलमा स्वणर् पदक जित्ने खेलाडिलाई जनही रु ३२ लाख रुपैया दिने निणर्य पास हुन लागेको जानकारीदिनुभयो । मन्त्री गहतराजले यस्तो ब्यवस्थाले देश र खेलाडिको मानसम्मानको साथसाथै र जीबिको पार्जनको महत्वपुणर् आधार बन्ने बिश्वास ब्यक्त गर्नुभयो ।

उहाँले सरकार , निजी क्षेत्र तथा अन्य संघसंस्थाहरुले खेलाडिहरुको मनोबल बढाउँन बिभिन्न पुरस्कारहरु दिने प्रबृती आईसकेका कारण यसले खेलाडिहरुलाई खेलबाट अन्य क्षेत्रमा पलायन हुने स्थितीलाई रोक्ने बताउँनुभयो ।पत्रकार सम्मेलन पश्चात युवा तथा खेलकुद मन्त्री गहतराजले सिमरा रङ्गशालाको अध्ययन तथा अवलोकन गरेका थिए । अवलोकनको क्रममा मन्त्री गहतराजले नव जनजागृती युवा क्लबले बनाईरहेको सिमरा रङ्गशाला धेरै सम्भावना बोकेको रङ्गशाला रहेकाले सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।खेलको माध्यमबाट अहिले पनि बिदेशी मुद्राहरु स्वदेश भित्रि रहेको मन्त्री गहतराजले बताउँनुभयो ।

स्वस्थ र निरोगी रहन खेलकुद अतिआवश्यक भएकाले सबै स्थानीय तहले खेलकुदकोलागि जग्गा बचाउँनुपर्ने सल्लाह दिनुभयो ।
त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सिमरा रङ्गशालालाई सरकारले राष्ट्रिय योजनाको मान्यता दिई बहुपक्षीय ठेक्का लगाई निर्माण गर्नुपर्ने बताउँनुभयो । उहाँले जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.२४ स्थित ३० बिगा जग्गामा उपमहानगरपालिकाले क्रिक्रेट रङ्गशाला बनाउँन्ेतर्फ ध्यान केन्द्रित गरेको बताउँनुभयो ।

त्यस्तै विभिन्न खेलमा आवद्ध खेलाडी र संघका पदाधिकारीले खेलकुदका लागि पूर्वाधार निर्माण गरिदिन युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजसंग अनुरोध गरेका छन् ।निर्माधिन सिमरा रंगशालाको अवलोकन गर्न आएका मन्त्री गहतराजसंग सिमरा ईन होटलमा गरिएको अन्तक्रियात्मक कार्यक्रममा खेलाडी र पदाधिकारीले पूर्वाधारको माग गरेका हुन् ।स्थानीय स्तरको सहयोग र आफ्नै प्रयासमा खेलकुद गतिविधिलाई निरन्तरता दिदै आएका कराते, क्रिकेट, ब्याडमिन्टन, भलिबल, एथलेटिक्स, साईक्लिङलगायतको खेलका खेलाडी र पदाधिकारीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पूर्वाधार अभावमा खुल्ला आकाशमुनी खेल्न बाध्य रहेको भन्दै उनिहरुले पूर्वाधार निर्माणका लागि पहल गर्न आग्रह गरे ।करातेका सानु पटेल, साईक्लिङका शेषराज अधिकारी, क्रिकेटका समिन बिष्ट, ब्याडमिन्टनका रामकृष्ण श्रेष्ठ, भलिबलका खुशी चौधरी, एथलेटिक्सका रामप्रित चौधरीलगायतले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनिहरुमध्ये केही खेलाडीले प्रशिक्षकको समेत अभाव भएको र प्रशिक्षक नहुँदा विभिन्न प्रतियोगितामा सहभागिता समेत जनाउन नसकिएको दुःखेसो पोखेका थिए ।

उक्त कार्यक्रममा मधेस प्रदेशका सांसद सुन्दर विश्कर्मा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न मन्त्रीलाई आग्रह गरेका थिए । सिमरा रंगशालाको पूर्वाधार निर्माण सम्पन्न भए विभिन्न खेलकुद गतिविधिलाई ईनडोर गर्न सकिने भन्दै नगर प्रमुख पौडेलले रंगशालाको निर्माणको कामलाई बहुवर्षीय योजना बनाएर बजेट अघि बढ्न मन्त्री गहतराजको ध्यानाकर्षण गराए ।

कार्यक्रममा मन्त्री गहतराजले सिमरा रंगशालाको पूर्वाधार निर्माणका लागि सहयोग गर्न आफूले प्रयास गर्ने बताउँनुभयो । देशकै खेलकुद क्षेत्रको विकासका लागि पनि सिमरा रंगशाला महत्वपूणर् रहेको भन्दै मन्त्री गहतराजले अर्थमन्त्रालयसंग बजेटका लागि पहल गर्ने प्रतिक्रिया दिनुभएको थियो ।