बिनिता चौधरी,कोल्हबि । बाराको कोल्हबि नगरपालिका वाड न ४ मा रहेको सपहि कलेजको दसौ बार्षिक उत्सव तथा क्याम्पस सभा दिवस कार्यक्रम मंगलबार क्याम्पस सभाका सभापति केवल प्रसाद चौधरीको अध्यक्षतामा कलेजको प्राङ्गणमा सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि बारा क्षेत्र न १ क का प्रदेस सभा सदस्य माननीय त्रिलोकि प्रसाद चौधरीले पानसमा बति बालेर उदघाटन गर्नु भएको थियो।
कार्यक्रमको बिशिस्ट अतिथि कोल्हबि न पा को नगर प्रमुख रामप्रसाद चौधरी ,उपमेयर लक्ष्मी कुमारी चौधरी ,पुर्व मेयर भरत बहादुर भण्डारी ,ईलाका प्रशासन कार्यालय कोल्हबिका प्रमुख नबिन चौधरी अतिथिहरु कोल्हबि न पा वाड न ३ का अध्यक्ष किशुनदयाल चौधरी ,४ का अध्यक्ष बिष्णु मैनाली ,वाड न ९ का अध्यक्ष दलबहादुर चौधरी , श्री नेपाल राष्ट्रिय नमुना मा बि सपहिका प्रधानाध्यापक भुनेश्वर चौधरी , श्री जनता मा बि ककडि प्रसौनाका प्रधानाध्यापक चन्द्रदेव कुशवाहा , श्री अनुप दिपनी मा बि का प्र अ रामप्रकास चौधरी ,स्कुलका अध्यक्ष किशोरी चौधरी ,तामागडि साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहर , समाजसेवि तपेश्वर राय थारु ,गोबिन्द पौडेल ,भेषबहादुर ढकाल, साना किसान कृषि सहकारी सस्था लिमिटेड कोल्हबि ४ सपहिका प्रबन्धक अरुण चौधरी लगाएतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि समेत रहनु भएका चौधरीले यस कलेजमा आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । यस कलेजबाट स्नातक तह पास गर्नु भएका र विभिन्न कार्यक्रममा सहभागी भइ विभिन्न स्थान हासिल गर्ने बिद्यार्थीभाइबहिनीहरुलाइ पुरस्कार र सम्मान पत्र बितरन गरिएको थियो ।
कलेजका प्रीन्सिपल दिनेश अधिकारीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।स्वागत मन्तव्य दिप लक्ष्मी खरेल र कार्यक्रम संचालन अशोक जोशिको रहेको थियो। सो कार्यक्रममा करिब पाच सय जना अभिभावकहरुको उपस्थिति रहेको थियो।