रञ्जन यादब
बारा २५ जेठ
बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको बुधबार जीतपुरमा उद्घाटन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उद्योगी तथा ब्यवसायीको बृद्धि र बिकासमा उपमहानगरपालिका सधै अग्रसर भएर लाागि पर्ने बताउँनुभयो ।
ब्यवसायिहरु सम्बन्धि ऐन ,कानुन बनाउँदा उपमहानगरपालिकाले ब्यवसायीहरुको सहभागिता र सल्लाह सुझाव लिने जानकारी दिनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकाँश उद्योगहरु उपमहानगरपालिकामा दर्ता नरहेकाले दर्ता गराउँनुपर्नेमा जोड दिनुभयो । उपमहानगरपालिकामा रहेको श्रम समस्या समाधान र उद्योगलाई फस्टाउँने औधोगिक बाताबरण बनाउँन उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउँनुभयो ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले उद्योगी तथा ब्यवसायीहरुको समस्या परे मात्र सम्झने प्रबृती रहेको बताउँनुभयो । उद्योग तथा श्रम सम्बन्धि ऐन ,कानुन बनाउँदा तथा छलफल गर्नुपर्दा जिल्ला प्रशासन तथा शान्ति ,सुरक्षा सम्बन्धि सरोकारवालाको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुलीले करदातालाई राज्यको पाचौेँ अंगको रुपमा राख्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले प्राविधिक शिक्षालय खोलेर दक्ष कामदार उत्पादन गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा महिला नेतृ नारायणी रायमाझीले महिला व्यवसायी, महिला उद्यमी र रोजगारका क्षेत्रमा महिलालाई प्राथमिकता दिई नेतृत्व तहमा महिलाको उल्लेख्य सहभागिता पुर्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी, नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत चेत कुमार पोख्रेल ,उद्योग वाणिज्य सँघका संस्थापक अध्यक्ष घनश्याम गिरी, वरिष्ठ उपाध्यक्ष मोहन शर्मा, सल्लाहकारहरु कृष्णव्रत सिंह, देवेन्द्र चौधरी, गणेशजी प्रसाद साह, युवराज पौडेल, छविलाल शर्मालगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष सञ्जयकुमार साहको सभाध्यक्षतामा सम्पन्न उद्रघाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संस्थाले बधाइ दिँदै सम्मान गरेको थियो ।कार्यक्रमको संचालन सँघका महासचिव शिवजी साह सोनारले गर्नुभएको थियो ।