वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

वीरगञ्ज–२३ का युवादेखि बृद्ध सम्मका रहबरले पाए आर्शिबाद

वीरगञ्ज
प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचन आउन ७ दिन बाँकी रहेको छ । प्रतिनीधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु घरदैलोलाई निरन्तरता दिदै अन्य चुनावी कार्यक्रममा व्यस्त रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेसभा निर्वचन १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहबर अन्सारी पनि घरदैलोमा नै व्यस्त हुनुहुन्छ । अन्सारीले आईतबार पनि बिहानैदेखि घरदैलोलाई जारी राख्नुभएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर १ मा पर्ने १० वटा वडाको ४४ वटा गाउँमै पुगेर अन्सारीले मतदाताहरुका सुखदुख बुझ्नुभएको छ । यहि क्रममा आज वीरगन्जको मनियारीमा घरदैलो गर्नुभएको छ । घरदैलोमा उहाँलाई युवादेखि वृद्धसम्मले साथ दिएका छन् ।

त्यस्तै वीरगन्ज महानगरपालिकाको वडा नम्बर १४ मा पनि मतदाताहरुसँग भेटघाट गर्नुभएको छ । सत्त गठबन्ध दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुको साथमा मतदाता भेटघाट गर्नुभएको हो ।