राम मण्डल/
डाक्टरको लापारवाहीका कारण उपचारको क्रममा मृत्यु भएको भन्दै पर्साको छिपहरमाई गाउँपालिकाबासीले सोमबार वीरगञ्जमा बिरोध प्रदर्शन गरेका छन ।
उपचारको क्रममा मृत्यु भएका छिपहरमाई गाउँपालिका–२ चेरगाहाका ३२ बर्षिय फिरोज मियाँ अन्सारका आफन्त तथा गाउँवासीहरुले बिरोध प्रदर्शन गरेका हुन ।
उनीहरुले वीरगञ्ज हेल्थ केयर अस्पतालका डाक्टर आशिफ अन्सारीले लापारवाही पुर्बक उपचार गरेका कारण अन्सारीको मृत्यु भएको भन्दै डाक्टर अन्सारीलाई कारवाहीको माँग गर्दै बिरोध प्रदर्शन गरेका हुन ।
गत साउन २६ गते हेल्थ केयर अस्पतालमा पथरीको उपचारको लागि भर्ना भएका फिरोजको दुई पटक अप्रेशन गरेर डाक्टर अन्सारीले लापारवाही गर्दै नशा काटिदिएका कारण मृत्यु भएको भन्दै मृतक फिरोजका आफन्तले बिरोध प्रदर्शन गरेका हुन ।
उनीहरुले बिरोध रयाली निकाल्दै डाक्टर होईन हत्यारा हो डाक्टर आशिफलाई जेल गर,वीरगञ्ज हेल्थ केयर अस्पताल मुर्दाबाद,झोला छाप डाक्टरलाई कारवाही गर लगायतका नाराहरु लेखिएको प्ले कार्ड बोकेका थिए ।
बिरोध प्रदर्शनमा सहभागी भएका छिपहरमाई निवासी एवम् नेपाली काँग्रेस पर्साका सह सचिव नबिन सिँहले चिकित्सककै लापारवाहीको कारणले बिरामीको मृत्यु भएको भएपनि चिकित्सक सँघले पत्रकार सम्मेलन गरि दोषी डाक्टरलाई बचाउन खोजेको आरोप लगाएका थिए ।
अब दोषी चिकित्सकको बिरोधमा हुने आन्दोलन नरोकिने समेत बिरोध प्रदर्शनमा सहभागी भएका सिँहले चेतावनी दिएका थिए । उनले वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक अबुल हैस अन्सारीले आफुलाई फोन गरि मामिला अघि नबढाउन भनेको सिँहको भनाई थियो ।
डाक्टर अन्सारीले नै अप्रेशन गर्नेक्रममा गरेको लापारवाहीको कारण फिरोजको मृत्यु भएको कुराको सबुत प्रमाण आफुहरुसित सुरक्षित रहेको भन्दै सिँहले आउने समयमा उक्त सबुत सार्बजनिक गर्ने पनि बताए ।
गत साउन २६ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा पथरीको अप्रेशनको लागि भर्ना भएका फिरोजको त्यहाँ उपचार सम्भव नभएपछि काठमान्डौंको मेडिसिटी अस्पतलामा लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा गत भदौ ५ गते राति उनको मृत्यु भएको थियो ।
डाक्टरको लापारवाहीका कारण फिरोजको मृत्यु भएको भन्दै पिडीत परिवारले वीरगञ्ज र काठमाडौंमा पनि पत्रकार सम्मेलन गरेर कारवाहीको माँग गर्दै आएका छन ।
उनीहरुले यसअघि पनि बिरोधका कार्यक्रमहरु गरेका थिए । उता चिकित्सक सँघ नारायणी शाखाले पनि पत्रकार सम्मेलन गरि फिरोजको मृत्यु भबित्ब्य भएको तथा त्यसमा डाक्टरको लापारवाही नभएको जनाएको थियो ।