रञ्जन यादव/
व्यापारिक मार्ग विस्तार योजना (वीरगञ्ज–पथलैया सडक) पथलैयाले भने धेरैजसो प्याकेजको काम अन्तिम चरणमा पुगेको दावी गरेको छ ।
उक्त मार्ग अन्तरगत कालोपत्रे गर्दा सडक सुख्खा हुनुपर्ने भएकोले बेमौसमी वर्षाले समस्या पारेको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सम्पत लाल दासले बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले निर्माण कम्पनीका प्रतिनिधि र योजना कार्यालयलाई बोलाएर छिटो काम गर्न निर्देशन दिइसकेका छन् । यो सडकलाई आँठ खण्डमा बिभाजन गरेर काम भईरहेको छ । जसमा तीनवटा वटा पुुलहरु निर्माण भईरहेको छ ।
सिक्स लेन सडक खण्डमा तीन वटा पुल र एउटा कल्भर्टको काम पनि अधुरै छ । सिमरास्थित सूर्य टोबाको कम्पनीदेखि जीतपुरस्थित आर्मी क्याम्पसम्म ५.८० किलोमिटरको हो । शर्मा÷युनाइटेड विल्डर्स÷दिवा निर्माण सेवा जेभीले ठेक्का लिएको यस खण्डको ५५ प्रतिशत काम मात्र सकिएको छ ।
८२ करोड ४५ लाख ६९ हजार १ सय १ रुपैयाँ २९ पैसामा निर्माण सम्झौता गरेको कम्पनीले ५ करोड ७५ लाख ७९ हजार ७ सय ९८ रुपैयाँ ६१ पैसा लिइसकेको छ।