वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

वीरगञ्ज नाका भएर मंसिर महिनामा करिब साढे दुई अर्बको भटमासको तेल निर्यात

राम मण्डल/
वीरगञ्ज नाका भएर चालु आर्थिक बर्ष २०७८÷७९ को गत महिनामा नेपालबाट भारतमा करिब साढे दुई अर्बको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।
मंसिर महिनामा मात्रै उक्त मुल्य बराबरको भटमासको प्रशोधित तेल नेपालबाट भारतमा निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्याँकले देखाएको छ ।

बितेको मंसिर महिनामा नेपालबाट भारतमा कुल दुई अर्ब ४१ करोड ६४ लाख ८० हजार मुल्य बराबरको ९३ लाख ५६ हजार ६ सय ४८ किलोग्राम भटमासको प्रशोधित तेल नेपालबाट भारतमा निर्यात गरिएको हो ।

सोही अवधिमा गत आर्थिक बर्ष २०७७/७८ मा भने नेपालबाट भारतमा दुई अर्ब २७ करोड ४४ लाख ६२ हजार मुल्य बराबरको कुल एक करोड ४८ लाख १९ हजार ८ सय ३२ किलोग्राम भटमासको प्रशोधित तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले तथ्याँकले देखाएको छ ।

यस आँकडा अनुसार गत आर्थिक बर्षको मंसिर महिनाको तुलनामा चालु आर्थिक बर्षको मंसिर महिनामा भटमासको प्रशोधित तेलको निर्यात बढेको देखिन्छ । यस्तै चालु आर्थिक बर्षको मंसिर महिनामै सुर्यमुखीको प्रशोधित तेल पनि नेपालमा भारतबाट निर्यात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयले दिएको तथ्याँक अनुसार चालु आर्थिक बर्ष २०७८/७९ को मंसिर महिनामा नेपालबाट भारतमा १४ करोड ४६ लाख ९३ हजार मुल्य बराबरको ७ लाख २३ हजार ८८ लिटर सुर्यमुखीको प्शोधित तेलन नेपालबाट भारतमा निर्यात भएको छ । यही अवसधमा भने गत आर्थिक बर्ष २०७७/७८ को मंसिर महिनामा एक करोड ९१ लाख ७१ ह्जार मुल्य बराबरको कुल एक लाख ३६ हजार ४३ लिटर सुर्यमुखीको प्रशोधित तेल नेपालबाट भारतमा निर्यात गरिएको वरिगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय नेपालबाट भारतमा निर्यात गरिने प्रशोधित तेलको मात्रा बढदै गएको छ ।वीरगञ्ज पथलैया औधोगिक कोरिडोरमा रहेका आधा दर्जन भन्दा बढी उधोगहरुले भारतबाट सुर्यमुखी र भटमासको तेल आयात गरेर प्रशोधन गरि फेरि भारतमै निर्यात गर्ने गरेका छन ।