वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

विश्रामपुर गाँउपालिकामा लोसपाको विजयी

बाराको विश्रामपुर गाँउपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार जुल्फाकार अली भुटो फराकिलो मतान्तरबाट बिजयी भएका छन ।

उनले नेकपा समाजवादी पार्टीका मदन यादवलाई प्राजित गर्दै बिजयी भएका छन ।

भुटोले ४ हजार ३ सय १७ मत प्राप्त गरे भने प्रतिद्धन्द्धी मदन यादवले २ हजार ३ सय २६ मतमा मात्र सिमित भएका हुन ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा लोसपा कै प्रियंका देवीले ३ हजार ३ सय ३४ मत ल्याई बिजयी भएकी हुन ।

उनको प्रतिद्धन्द्धी समाजवादी पार्टी कै गायत्री देवीले २ हजार २ सय २ मत प्राप्त गरिन ।

२०७४ सालको स्थानीय निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट अमिरीलाल पाल निर्वाचित भएका थियो भने उपाअध्यक्षमा पनि सोही पार्टीबाट निर्वाचित भएको थिए ।

निवर्तमान अध्यक्ष पपाल पुनह नेपाली काँग्रेस पार्टीबाट अध्यक्षको उम्मेदवार बनेको थिए । उनी तेस्रो स्थानमा झरेका छन ।