वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

विद्युत प्राधिकारण कलैयाको लापरवाहीले तीन वटा पालिकाका तीन वटा वडावासी हैरान

नेपाल विद्युत प्राधिकारण कलैया वितरण केन्द्र केन्द्रको लापरवाहीका कारण बाराका तीन वटा पालिकाहरुका तीन वटा वडाहरुमा विद्युत लाईन नियमित नहुदा सेवाग्रही पिडित बनेका छन ।

प्राधिकरण कलैया वितरण केन्द्रको चरम लापरवाहीले तीन वटा वडा एक दर्जन गाउँमा विद्युत लाईन नियमित नहुदा आम सर्वसाधारण अन्धकारमा बस्न बाध्य हुने गरेका छन ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १७ को रामनगर, रघुनाथपुर, कोल्हवी नगरपालिकाको नयाँवस्ती, मिलनचौक,बेल्वा, करैयामाई गाउँपालिकाको मधुवन, सहजौली लगायत गाउँ गत तीन दिनदेखी धन्कार भएको छ ।

विहिवार साँझ आएको हावाहुरीले सो क्षेत्रमा जाने बकुलहर, भोड्हा क्षेत्रमा विजुलीको वोलहरुमा क्षति भएपनि कलैया वितरण केन्द्रले मर्मतमा चासो नदिएको हुदा तीन दिनदेखी अन्धकारमा वस्न बाध्य भएको स्थानीयहरुले गुनासो गरेका छन ।

स्थानीय प्युज सेवामा कार्यरत विद्युत कर्मचारीहरुसंग प्रतिक्रिया लिदा आफ्नो क्षेत्रमा समस्या नभई अन्य क्षेत्रमा समस्या आएकोले विद्युत लाईन प्रवाहमा ढिलाई भएको बताउछन । तर कलैया वितरण केन्द्र प्रमुखवा मर्मत शाखामा सम्र्पक गर्दा काम सम्र्पक मै नआउने स्थानीयहरुले गुनासो गरे ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १७ को रामनगर, रघुनाथपुर, कोल्हवी नगरपालिकाको नयाँवस्ती, मिलन चौक,बेल्वा, करैयामाई गाउँपालिकाको मधुवन, सहजौली लगायत गाउँमा पिलुवा फिडरको लाईन जैतापुर हुदै फेरी दोहरी, पकडी बकुलहर लगिएको र फेरी भोडहाहुदै रामनगर रघुनाथपुर लाईन जोडिएकोे पटक पटक समस्या आउने स्थानीयहरु ब्ताउछन ।

जैतापुरदेखी सिधै रामनगर विद्युत लाईन जोड्न कलैया वितरण केन्द्रले गतदुई बर्ष अघि १० लाखको लागतमा लाईन तान्ने काम गरेको थियो । तर कलैया वितरण केन्द्रले उक्त योजनामा चरम लापरवाही गरि पसाहखोलामा कमसल तवरले पोलहरु राखेकोले सोही बर्ष पसाहा नदिमा आएको वाढीले आधा दर्जन विजुलीका पोलहरु बगाएको रामनगरका पशुराम दाहालले बताए ।

उक्त पसाह खोलामा अझै पनि तार र पोलहरु लडिरहेको तर प्राधिकारणले मर्मतमा कुनै चासो नदेखाएको दाहालको गुनासो छ ।

जैतापुरवाट सिधै रामनगर हुदै विद्युतलाईन ल्याउन सकिन भएपनि प्राधिकारणको गैर जिम्मेवारीपुर्ण कामको कारण लोमो र घुमाएर लाईन ल्याउ दाहलुका बर्षा वा हावाहुरी चल्ना साथ घण्टौदेखी हप्तौसम्म लाईन कट्ने समस्या रहेको कोल्हवी वडा नम्बर ८ का होमनाथ उप्रेतीले बताए ।

यो सन्र्दभमा कलैया वितरण केन्द्रका प्रमुख हरदेव प्रसाद गुप्तासंग र मर्मत शाखाका सहायक ईन्चार्ज विक्की महतोसंग पटक पटक सम्र्पक गर्दा सम्र्पक हुन सकेन ।